नमस्तेलाल भूमि श्रेष्ठ
मस्तेलाल भूमि श्रेष्ठ भारतबाट कागजका साबुन ल्याउँछन्। १० वटा साबुनको एउटा प्याक बनाउँछन्। अनि विभिन्न संस्थामा गएर निःशुल्क बाँड्छन्। उनी कोरोना संक्रमणबाट जोगिन नियमित हात धुनुपर्ने सन्देश फैलाइरहेका छन्। सरसफाइविज्ञ नमस्तेलाल भूमि श्रेष्ठ तीन महीनादेखि कागजको साबुन निशुल्क बाँडिरहेका छन्। भारतबाट ल्याएको कागजको साबुन उनी विभिन्न संस्था तथा ब्याङ्कहरुमा दिन्छन्। उनी भन्छन्, “कोरोना संक्रमणको मुख्य माध्याम हात नै हो भनेर डब्लुएचओले हात सफासँग धुने तरिका बताइरहेको छ। त्यसैले हात धुनको लागिसाबुन बाँड्दै जनचेतना फैलाउन कोशिस गरिरहेको छु।”
Read more...सरकारले आज देखि एक महिनाको लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरू गरेको छ।
स्वास्थ्य मन्त्रालयको कोरोना अपटेड कार्यक्रमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहने बताए। ‘ह्यान्ड हाइजिन फर अल’ अर्थात् ‘हातको स्वच्छता सबैका लागि’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो।
Read more...