मंगलबार, मंसिर ७, २०७८ : काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ। नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न सफल भएको हो। सन् २०२२ सेप्टेम्बरमा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।
Read more...A public toilet in operation along the Prithvi Highway. Photo courtesy: Prakash Amatya
Read more...नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ। सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि (यो वर्ष असार ५ गते) मा सिथि नखः मनाइन्छ । लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।
Read more...