कञ्चनमणिदीक्षित
यही सन् २०१९ मनसुनअगाडि भारतको चेन्नाईसहरमा भएको पानीको हाहाकारले हामी सबैलाईचिन्तित तुल्यायो।चेन्नाईमाकरिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाडगर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमाप्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउनतथा शौचालयमा प्रयोग गर्न पानीअभाव भएपछिकतिपयसंस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयकाकाम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ।
निरन्तर जनसङ्ख्या वृद्धि खेपिरहेको काठमाण्डू उपत्यकामा पोहोरपरारजस्तै यो बर्खा याममा पनि पानीको अभाव छ।
सरकारी वितरण प्रणालीमा मनग्गे पानी उपलब्ध नहुँदा धेरै नगरवासीहरू घरमा प्रयोग गर्नको लागि ट्याङ्करको पानी र पिउनको लागि जारको पानी किन्न बाध्य छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ। तर नेपालको व्यथा अर्कै छ। पहाडदेखि तराईसम्म धेरै स्थानमा मानिसहरू पानीको अभाव झेल्न बाध्य छन्। हालै सार्वजनिक एउटा अन्तर्राष्ट्रय प्रतिवेदनअनुसार नेपालको खास गरी पश्चिमी भेगका गाउँ तथा सहरमा पिउने पानीको सङ्कट छ।
Read more...These conservation ponds have helped enhance underground water reserves, creating adequate water supply in the area.
These conservation ponds have helped enhance underground water reserves, creating an adequate water supply in the area. Pratap Bista/TKP
Read more...