देशको राजधानी काठमाडौं महानगरभित्र पर्याप्त सार्वजनिक शौचालय छैनन् । भएका पनि व्यवस्थित छैनन् । शौचालय अभावमा महानगर क्षेत्रभित्र खुला शौच हुँदै आएको छ । महानगरको प्राथमिकतामा सार्वजनिक शौचालय सधैँ पर्ने गर्छ, तर अनेक बहानामा निर्माण भने हुँदैन । जसका कारण महानगरको आलोचनासमेत हुँदै आएको छ । यही अवस्थामा महानगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी भइरहेको छ ।
Read more...केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । वैकल्पिक व्यवस्था हुन नसक्दा खानेपानीको समस्या थपिँदै गएको छ । भक्तपुर — जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाले एउटा राम्रो अभियान आरम्भ गर्ने तरखर गर्दै छ । काठमाडौं महानगरभित्रका हरेक घरमा एउटा इनार बनाउन लगाउने, त्यस्तो इनार बनाउन महानगरले पनि सहयोग गर्ने र इनारमा वर्षाको पानी घरको छतबाट सीधै जम्मा हुने व्यवस्था गर्ने गरी अघि बढाउन लागिएको यो योजना नेपालका लागि नौलो हो । तर, यो उत्तिकै आवश्यक र नगरी नहुने काम पनि हो । महानगरको यो प्रयासलाई सबैले साथ दिनु जरुरी छ ।
Read more...