निराजन पौडेल - मङ्लबार, माघ १५, २०७५
काठमाडौं– उपत्यकामा सुख्खायाम शुरु भएसँगै पानीको समस्या देखिन थालेको छ। यो समस्या अहिलेको होइन धेरै वर्ष अघिदेखिको हो।
उपत्यकामा उपभोग भइरहेको पानीमध्ये ५० प्रतिशत हिस्सा भूमिगत पानीमा निर्भर छ। काठमाडौं उपत्यका खानेपानी संस्थान र भूमिगत जलस्रोत विकास समितिको तथ्याङ्कले खानेपानीको आधा हिस्सा भूमिगत पानी भएको देखाउँछ। वर्षायाममा पानीको पर्याप्तता भएपनि सुख्खायाममा पानी अभावले उपत्यकावासीलाई पिरोल्ने गर्छ।
१६ माघ २०७५, बुधबार १९:२४
काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले शौचालयको सबै संरचनाको बर्णन गर्नुभएको थियो ।
माघ १७, २०७५प्रशान्त माली
काठमाडौँ — शौचालय नभएका होइनन् । राजधानीमा यत्रतत्र छन्, भएर के गर्ने ? भित्र पस्नै नसकिने । कुपन्डोल–त्रिपुरेश्वर–कलंकी राजधानीको व्यस्त सडक हो । झन्डै ५ किमि लामो सडकमा सार्वजनिक शौचालय छैन । ४ वटा पेट्रोल पम्प छन् । कुनैमा पनि उपभोक्तालाई लक्षित गरेर शौचालय व्यवस्थापन गरिएको छैन ।