News Watch

राजकुलोको पानी नगर ल्याउने योजना अलपत्र

ललितपुर, चैत्र २८ - लेले टीकाभैरवबाट कुपण्डोलसम्म आउने राजकुलो उपमहानगरपालिकामा ल्याउने सरकारी योजना ५ वर्षभन्दा बढी बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। पहिलो चरणमा भारतीय दूतावासको आर्थिक सहयोगमा चापागाउँसम्म पुनर्निर्माण भइसकेको छ। दोस्रो चरणमा पाटनसम्म ल्याउने योजना अलपत्र परेको हो।

Read more: राजकुलोको पानी नगर ल्याउने योजना अलपत्र

मेलम्चीको ठेकेदारले काम रोक्यो

काठमाडौ, चैत्र २४ - बहुप्रतिक्षति मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको सीएमसी डी राभेन्नाले काम रोकेको छ । गत शुक्रबार आयोजनाको बोर्डलाई पत्र लेख्दै उसले मंगलबारदेखि आयोजनाको काम बन्द गरेको हो । इटालियाली कम्पनी सीएमसीले अधिकांश काम रोकिसकेको उल्लेख गर्दै आयोजनाका तर्फबाट काम गरिरहेका इन्जिनियरलाई नटबोल्ट कस्ने र अन्य केही सामान्य काममात्रै भइरहेको जानकारी दिएको छ ।

Read more: मेलम्चीको ठेकेदारले काम रोक्यो

कपुरधारामा बोरिङबाट पानी

काठमाडौं- सयौं वर्ष पुरानो ऐतिहासिक कपुरधाराको मूल सुकेपछि महानगरले डिप बोरिङ गाडेर धारो सुचारु गराउने भएको छ। सात वर्षयता पानी सुकेपछि काठमाडौं महानगरपालिकाले बोरिङ प्रयोग गरेर पानीको व्यवस्था गर्न थालेको हो।

Read more: कपुरधारामा बोरिङबाट पानी

फोहोरमा लुकेको मोहोर

चैत्र २२ - नेपालको अर्थतन्त्रमा झन्डै ३५ प्रतिशत योगदान रहेको कृषि क्षेत्र बहुसंख्यक किसानहरूको आर्थिक उपार्जनको महत्त्वपूर्ण माध्यम रहिआएको कुरामा दुईमत छैन । पहाडी तथा हिमाली क्षेत्रमा बीसौं वर्ष अघिको मिश्रति कृषि पशुपालन प्रणाली अझैसम्म सुधारिनसकेको छैन भने तराईमा केही वर्षयता एकल खेती प्रणाली, पशुपन्क्षी पालन, फलफूल र तरकारीजस्ता कृषिवस्तुहरूको व्यावसायिक उत्पादन हुनथालेको छ ।

Read more: फोहोरमा लुकेको मोहोर

शौचालय नबनाउनेले सुविधा नपाउने

मोरङ (पथरी), चैत १५ गते । कोसी हरँैचा नगरपालिकाले शौचालय नबनाउने सर्वसाधारणलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्ने भएको छ ।

Read more: शौचालय नबनाउनेले सुविधा नपाउने

Page 65 of 85

Go to top