खानेपानीमा ८५ प्रतिशत कोलिफर्म

बझाङ/ जिल्लाका अधिकांश खानेपानीका धारा तथा मुहानमा कोलिफर्मको मात्रा अत्यधिक भेटिएको छ । कतिपय मुहानमा ८५ प्रतिशतसम्म कोलिफर्म भेटिएको छ ।

सुआहारा कार्यक्रमका प्राविधिक टोलीले जिल्लाका ३७ गाविसमा पानीको शुद्धता परीक्षण गर्दा कोलिफर्म भेटिएको हो । खानेपानीका मुहानवरिपरि सरसफाइ र टुटफुट भएका पाइप व्यवस्थित नहुँदा कोलिफर्म मिसिने गरेको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले जनाएको छ ।

पाँच सय ९१ खानेपानीका धारा तथा मुहानमा परीक्षण गर्दा चार सय ८६ मुहान तथा धारामा कोलिफर्म भेटिएको सुआहारा कार्यक्रम बझाङका टिमलिडर विकास रोकायाले जानकारी दिए । कोलिफर्मयुक्त पानी पिउनाले बझाङवासीमा हैजा, झाडापखाला, जन्डिस जस्ता रोगको समस्या देखिने गरेको उनको भनाइ छ ।