सौर्य ऊर्जामार्फत खानेपानी आयोजना सञ्चालन

तुलसीपुर (दाङ),  असोज २६ गते  । जिल्लाको हलवार गाविसको अति विकट गाउँ खुमखानीमा विदेशी सहयोगमा सौर्य ऊर्जामाफर्त खानेपानी आयोजना सञ्चालन गरिएको छ ।

सो गाविसको वडा नं. ६ मा एक करोड २५ लाख रुपैयाँको लागतमा आयोजनाको निर्माण कार्य सम्पन्न भएको खानेपानी आयोजना निर्माण समितिका संयोजक फत्तेबहादुर थापाले जानकारी दिनुभयो । 

काजुरीको कार्यालय, ब्रिटिस गोर्खा र नेपाल तल्लो दीप पोखराको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएको हो । खोल्साको पानी सङ्कलन गरी करिब ६ किलोमिटरमाथिको खुमखानी बस्तीमा पु¥याइएको संयोजक थापालले जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत त्यहाँका ५२ घरधुरीका लागि छवटा धारा सञ्चालनमा ल्याइएका छन् । 

धारा सञ्चालनमा आएपछि खुमखानीका बासिन्दा हर्षित भएका छन् । काजुरीले दाङका विभिन्न स्थानमा झोलुङ्गेपुल, सडक र विद्युत् विस्तारमा सहयोग गर्दै आएको छ । रासस