शौचालय बनाएपछि दलित समुदायलाई मान सम्मान

लहान, फागुन २३ गते । गढा ६ का मुसहर समुदायले अन्य समुदाय भन्दा अगाडि देखिएको छ । बस्ने फुसकै घर भएपनि पछाडी पक्कीकै शानदार शौचालय बनाएर सबैलाई छक्क पारि दिएका छन् । दलितहरु फोहरी हुन्छ भन्ने भनाईलाई गलत सावित गरेर त्यस भेगमा गढाको दलितहरुको सरसफाई भनेर जाँहा पनि चर्चा हुन थालेको छ । शौचालयले पहिचान, मान सम्मान पाएकोमा दलित समुदायहरु शौचालय बनाउन अन्य गाँउका दलितहरुलाई समेत उत्प्रेरित गर्न थालेका छ । 

सधै खुल्ला दिसा गर्ने लदु सदाय , यदु सदाय , ठकाई सदाय र वनहु सदाय चारै दाजु भाइ घरको पछाडी एक लाखमा चारवटा शौचालय निर्माण गरेपछि अहिले आफू चारै दाजु भाइको चर्चा रहेको लदु सदायले बताउनुभयो । लदु सदायको देखासिखी गरेर जमीनको अभाव हुने गरीव दलितहरु घरभित्रै पनि शौचालय बनाएको छ । जहाँ त्यही खुल्ला दिसा गरेर फोहर गरिरहने दलित समुदायहरुको सरसफाईले हेर्ने दृष्टिकोण नै सबैको बदलिन थालेको गढाका अशेश्वर यादवको भनाई छ । 
चारै दाजु भाइले शौचालय बनाएपछि त्यहि रहेका १७ घर डुम समुदाय पनि शौचालय निर्माणमा जुटिसकेको मधुकर मलिकले बताउनु भएको छ । फागुनको अन्तिमसम्ममा चुनौतीको रुपमा रहेको दलित समुदायले धमाधम शौचालय निर्माण गर्न थालेपछि गाविसमा रहेका अन्य जातिहरुमा पनि शौचालय वनाउने प्रतिस्पर्धा नै चलेको पूर्व गाविस अध्यक्ष कन्हैया गुप्ताले बताउनु भयो । लहान ठाडी सडकमै रहेको गढा गाविसका दलित वस्तीहरुमा पछाडि फुसकै घर रहेपनि पछाडि पक्की र अत्यन्त चम्किने शौचालयको लहरै देखेर बसको झ्यालबाट हेरे यात्रुहरुले पनि धन्यवाद दिन थालेको गढा चोकको प्रमोद यादवले बताउनु भयो । 
शौचालय बनाएर सरसफाईमा समेत सचेत हुँदै गईरहेको दलित समुदायमा बालबालिकालाई पठाऔ विद्यालय घर घरमा बनाऔ शौचालय भन्ने नाराले पनि निकै काम गरेको मधेशी जन अधिकार फोरमका नेता दिनेश महतोको भनाई रहेको छ । लहान नगरपालिका १ , २ , ४ र ६ वाडाहरुमा रहेका दलित वस्तीहरुमा समेत गढाको दलित वस्तीको उदाहरण देखाएर शौचालय निर्माणमा सहज भएको नागरिक समाजका अध्यक्ष फूलेश्वर महतोको मत रहेको छ ।

Go to top