अझै उठेन फोहोर

काठमाडौ, चैत्र ४ - काठमाडौं महानगरपालिकाले प्रभावकारी अनुगमन तथा निरीक्षण नगर्दा महानगरवासीको घरबाट फोहोर अझै उठ्न सकेको छैन। 

महानगरपालिका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले टोलटोलमा निजी संघसंस्थाले फोहोर नउठाउँदा समस्या आएको बताए। 'फोहोर उठाउने निजी संघसंस्थासित समन्वय गरिराखेका छौं, फोहोर उठ्न अझै चार दिन लाग्न सक्छ,' उनले भने। करिब ४० वटा निजी संघसंस्थाले महानगरको फोहोर व्यवस्थापन गर्दै आएका छन्। ती संघसंस्था महानगरमा दर्ता छैनन्। कतिवटा संघसंस्थाले महानगरको फोहोर व्यवस्थापन गर्छन् भन्नेसमेत महानगरसँग कुनै तथ्यांक छैन। 

Go to top