डोजर नहुँदा उपत्यकाको फोहर व्यवस्थापन सुस्त

बिहीबार ५ चैत्र, २०७१ ; काठमाडौं-स्थानीयको अवरोधका कारण एक सातादेखि अवरुद्ध राजधानीको फोहर व्यवस्थापन अझै नियमित र प्रभावकारी हुन सकेको छैन। यसले गर्दा बुधबारसम्म पनि राजधानीका अधिकांश स्थानमा फोहरका डंगुर देखिएको छ।

स्थानीयले छ दिनसम्म सिसडोल डम्पिङ साइटमा फोहर लैजान दिएका थिएनन्। सरकारले मंगलबारदेखि प्रहरी परिचालन गरेर फोहर लैजान गरेको प्रयास प्रभावकारी नहु“दा सबैतिर फोहर थुप्रिएको हो। काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका लगायत क्षेत्रबाट फोहर जान नसक्दा सहरबासीका घरबाट समेत फोहर उठ्न सकेको छैन। सडकमा थुप्रेका फोहर नगरपालिकाहरुले उठाउन सकेका छैनन्। उठेको फोहर पनि सिसडोलमा डोजर अभावमा पूर्ण रुपमा जान सकेको छैन।

महानगरपालिकाको टेकुस्थित ट्रान्सफर स्टेसनमा २४ सय टन फोहर जम्मा भएको महानगरपालिकाले जनाएको छ। सडकबाट करिब ७० प्रतिशत फोहर उठ्न सकेको छैन। ललितपुरमा फोहर राख्ने ठाउँ नहुँदा सडकमै थुप्रेको छ। ‘हामीले उठाएको फोहर लगातार सिसडोल लैजान सकेका छैनौं,' महानगरपालिका वातावरण महाशाखा प्रमुख रविनमान श्रेष्ठले भने।
महानगरपालिकाको ल्यान्डफिल साइट शाखा प्रमुख सरकारदिप श्रेष्ठले डोजर नभएका कारण सडकको फोहरमात्र सिसडोल पुर्यााउन थालिएको छ। ‘कतिपय निजीले पनि घरबाट उठाएर लगिरहेका छन्, तर हामीले सडकको पहिले व्यवस्थित गर्न खोजेका छौं,' उनले भने, ‘डोजर नभएका कारण मंगरबार र बुधबार फोहर माटोले पुर्न सकिएको छैन। त्यसैले अत्यावश्यक सडकको फोहर लगिएको हो।'
उनका अनुसार साधारण रुपमा दैनिक ८० देखि १ सय टि्रप ट्रक फोहर जाने उपत्यकाबाट मंगलबार ४० र बुधबार ७० टि्रप फोहर पुगेको थियो। महानगरपालिका कार्यालयले, घरघरमा फोहर उठाउने ललितपुर उपमहानगरपालिका, महानगरपालिका, थानकोट, भक्तपुरको ठिमीका निजी कम्पनीले फोहर सिसडोल लगिरहेको उनले बताए।
‘भोलि (बिहीबार) निजीलाई नल्याउन भनेका छौं, डोजर आउने निधो भएपछि मात्र उनीहरुलाई ल्याउन भन्छौं,' उनले थपे। श्रेष्ठका अनुसार बुधबार ११ वटा ट्रकले एक सय ५० टन फोहर सिसडोलस्थित डम्पिङ साइट प्रहरी गस्तीसाथ पुर्या इएको छ। मंगलबार भने २ सय टन पुगे पनि बुधबार केही गाडी बिग्रिएको भन्दै लैजान नसकिएको उनले बताए।
डम्पिङ साइटमा डोजरले काम नगर्दा यस्तो अवस्था आएको उनले बताए। स्थानीयले करिब तीन करोड पर्ने एक एस्काभेटर, दुई डोजर र एक लोडर गत बुधबार जलाएपछि दिएको डोजर कामै गर्न नपाई बिग्रेको उनले बताए। सडक विभागले दिएको सो डोजर थोत्रो हुँदा काम गर्न नसकेको र विभागले दिएको एक एस्काभेटरकै भरमा मात्र काम गर्न नसकिएको उनको भनाइ छ।
‘डोजर र एस्काभेटर भइदिए काम सहज हुन्थ्यो,' उनले भने, ‘हामीले अहिले सार्वजनिक सडकमा थुप्रेका फोहर लगिरहेका छौं। निजी संस्थाले घरघरको उठाउन सकेका छैनन्।' महानगरपालिका फोहर व्यवस्थापनमा संलग्न एकअर्का कर्मचारीका अनुसार डम्पिङ साइटमा फोहर माटोले च्याप्दै औषधि हाल्नुपर्ने भएका कारण डोजर र एस्काभेटरको अत्यधिक खाँचो छ।
‘हामीसँग भएका जलाएपछि यन्त्रविहीन भएको अवस्था छ,' ती अधिकारीले भने, ‘खाल्डोमा फोहर हाल्ने, औषधि हाल्ने अनि फोहरकै उचाइमा भित्ताको माटो खन्दै पुर्नुपर्ने अवस्था छ। यसरी पुरेर फोहर पुर्यािउने ट्रक हिँड्नपर्ने अवस्था आउँछ।'
छ दिनदेखि अवरुद्ध काठमाडौंको फोहर मंगलबार प्रहरी स्कर्टिङमा सिसडोल लैजान सुरु भएको थियो। गत बुधबार ल्यान्डफिल साइट नजिक कोल्पु खोलाछेउ स्थानीय सन्तराम श्रेष्ठ बलामीका ४ वर्षीय छोरा रिजन बलामीको मृत्यु भएपछि स्थानीयले फोहर फाल्न अवरोध गरेका थिए। काठमाडौंबाट फोहर लगेको बा१ख ९७२६ नम्बरको निजी ट्रकले बालकलाई ठक्कर दिएको थियो।
पीडितलाई ट्रकधनीले १० लाख क्षतिपूर्ति दिने र परिवारका दुई बालबालिकालाई महानगरपालिकाले सरकारी विद्यालयमा पढाइदिने सर्तमा स्थानीयले सोमबार रातिदेखि अवरोध फिर्ता लिएका थिए।