खानेपानीको समस्या र आकाशेपानी संकलन

(दिनेश खरेल) ललितपुर कुमारीपाटीकी सपनामहर्जन धाराको पानीथाप्न हरेक दिनविहान ४ बजे उठ्छीन्। करिब २ घण्टाको पालो बसेपछिबल्ल २ गाग्रीपानी पाइन्छ। कहिले त पानीआउँदाआउँदै बन्द हुन्छ र भर्नैपाइन्न, दुखमात्र खेरा जान्छ। कहिले भने पानीमा लेउ, फोहोर, साबुनको फींजआउनाले पानी नै फाल्नुपर्ने हुन्छ। सपनाले गुनासो सुनाइन। सपना त एक पत्रिनिधीपात्रमात्रहुन। सपना जस्ता अधिकांशललितपुरबासी र उपत्यकाबासीले खानेपानीको लागि सास्ती बेहोरीरहनु परेको छ।

बषौंदेखि काठमाण्डौबासीहरूको पर्खाइमा रहेको मेलम्चीखानेपानीआयोजना १ बर्ष ढीला हुने समाचार आएपछि राजधानीबासीहरू फेरी निरास भएका छन्। आयोजनाले २०७३ साल बैशाख सम्ममात्रमेलम्चीको पानी काठमाण्डौ ल्याउने पत्रकार सम्मेलनका माध्यमबाट जानकारी गराएको थियो। भनिन्छ जलश्रोत सम्पदाउपलब्धताकाहिसाबले नेपालविश्वमै दोस्रो धनी देश हो। एकातर्फखानेपानीतथा ढल निकास विभागकाअनुसार, नेपालकाकरिब ८४ प्रतिशतजनताले खानेपानीको आधारभुत सुविधाप्राप्त गरेका छन्। तर आधारभुत सुविधाभनेको प्रत्येक दिनप्रतिव्यक्ति २५ लिटर पानी १५ मिनेटको दुरीमाउपलब्धहुनु हो। अर्कोतर्फ तथ्याङ्कले प्रतिशत धेरै देखाएपनिअधिकांशजनता सुरक्षीतपिउने पानीअर्थात खानेपानीको सुविधाबाट बञ्चीत छन्। अझशहरी क्षेत्रमा त खानेपानी एक विकराल समस्याका रूपमा देखिएको छ। सन्दर्भ विश्वपानीदिवस २०१५जनगणना २०६८ अनुशार ४७प्रतिशतजनताले खानेपानीको मुख्यश्रोतका रूपमाधाराको पानी नै प्रयोग गर्ने गर्दछन्। त्यसैगरी ३५ प्रतिशतजनताले इनार तथाबोरीङको पानीप्रयोग गर्छन्। बाँकीअन्यले कुवा, तालतलैया, नदीखोलाको पानी समेत खानको लागिप्रयोग गर्दछन्।
बढ्दो जनसंख्या र शहरीकरण खानेपानी समस्याको एक कारक हो। काठमाण्डौमामात्रकरिब ३५ लाखमानिसको अनौपचारीकबसोबासो छ। दिनहुँ गाउँबाट र अन्यशहरबाट मानिसहरू काठमाण्डौमा स्थायीतथा अस्थायी बसाइसराई हुने गरेको छ। तसर्थ काठमाण्डौमाभएको सम्पुर्ण जनतालाई खानेपानीउपलब्ध गराउनु चुनौतीभएको छ।
अर्कोतर्फ अधिकाश वैदेशिक रोजगारीमाजाने व्यक्ति र तिनका परिवारको सपना काठमाण्डौ उपत्यकालगायतअन्यशहरहरूमा सुन्दर घर निर्माण गर्ने हुन्छ। भवनविभागको तथ्याङ्कअनुसार करिब १० हजार घरहरू प्रतिवर्ष काठमाण्डौमानिर्माण हुने गर्दछन्। तसर्थ काठमाण्डौको उब्जाउहुने जमीन हरेक वर्ष कंक्रीटको जंगलमा परिणत भइरहेको छ। खेतीयोग्यजमीन घटीरहेको छ। अझ महत्वपुर्ण कुरा त आकाशबाट परेको पानीजमीनमापुनरभरण हुन सकेको छैन। जसकाकारण जमीनमुनीको पानीको सतह हरेक वर्ष घटीरहेको छ। २५ फिटमा उपलब्धहुने जमीनमुनीको पानी७० फीट गहीराईमाजाँदा समेत आउन छोडेको स्थानीयबासीहरूको गुनासो एवं अनुभव रहेको छ। हाल काठमाण्डौमाखानेपानीवितरणको जिम्मेवारी पाएको केयुकेएल ले वर्खाको समयमा १४.८ करोड र हिउँदको समयमा ८.६ करोड लिटर पानीउपलब्ध गराउँदै आएको छ। जबकीहाम्रो मागप्रतिदिन ३२ करोड लिटर रहेको छ। उपत्यकाबासीलाई चाहिएको भन्दाकरिब आधामात्रपानी केयुकेएलउपलब्ध गराएपछि आमजनताइनार, कुवा, खोलामा समेत निर्भर हुनबाध्यभएका छन्। आजकल काठमाण्डौमा घर बनाउने हरेक व्यक्तिले इनार खन्नु पर्ने त बाध्यता जस्तै बनेको छ। यस्तो जटील परिस्थीतीमाखानेपानीको सहजआपुर्तीको लागिआकाशेपानीको संकलनतथापुनरभरण गर्नु सबैभन्दा बढी बुद्दीमानी हुने विज्ञहरूको राय छ। विज्ञहरूका अनुशार यदी यो प्रविधीलाई आत्मासाथगर्नेहो भने ५० प्रतिशतपानी सम्बन्धीआउने समस्यालाई न्युनगर्न सकिन्छ। आकाशेपानी संकलनतथापुनरभरण गर्ने विधीको उपयोग गर्न सके खानेपानीको समस्याबाट धेरैहदसम्म राहत मिल्दछ। जडानगर्न पनि सजिलो र खर्च पनि धेरै नलाग्ने हुनाले यो प्रविधीप्रतिशहरी क्षेत्रका धेरै जनताहरू आर्कर्षित भएका छन्। वर्षभरी आफ्नो घरको छानामा पर्ने पानीको भण्डारण गरी सहि तरिकाले मात्र सदुपयोग गर्ने हो भने पनि काठमाण्डौ बासीको खानेपानीको आधा समस्या समाधानहुन सक्छ। आकासे पानीको सदुपयोग गरेर घरायसीप्रयोजनकाप्रयोगमाल्याउनसकिन्छ। संकलन गरीसकेपछि बढि भएर खेरजाने पानीलाई ईनारमा राख्न सकिन्छ। एकिकृत शहरी विकास केन्द्रकाअनुसार वर्षातको पानीलाई दैनिकप्रयोगकालागि घरेलु ट्यांकीमा भण्डारण वाजमिनमुनिको पानीपुनःभरण (रिचार्ज को प्रयोजनले सञ्चयगर्नु नै आकासेपानी सङ्कलनगर्नु हो। घरेलु स्तरमा दैनिकपानीको आवश्यकता सजिलै परिपूर्ति गर्न यो भरपर्दो प्रविधि मानिन्छ। वायुप्रदूषण अधिकभएको क्षेत्रबाहेक अन्य ठाउँमा सङ्कलितपानीपिउन योग्य मानिन्छ। खुला बरन्डा, कौसी तथा टिनका छाना आकासेपानी सङ्कलनकालागिप्रयोग गर्न सकिन्छ। आकासेपानी सङ्कलनकुनै नौलो, महङ्गो र जटिल प्रविधिहोइन। यो त स्थानीय स्तरमा हरेकले प्रयोग गर्न सक्ने साधारण र सस्तो घरेलु प्रविधिहो।
नेपाल सरकार, युएन् ह्याबिट्याट र साझेदार संस्थाहरूले यो आकाशेपानी संकलनतथापुनरभरण प्रविधिलाई प्रयोग गर्न आमजनतालाई प्रोत्साहीतगरिरहेका छन्। नेपालकाविभिन्नशहरहरूमो यो प्रविधी जडान भइरहेको छ। विशेषतपोखरा, धरान र ललितपुरमाअभियानकै रूपमा स्थानीयनगरपालिकाहरूले यस प्रविधिलाई कार्यन्वयनमाल्याइरहेका छन्। आकाशेपानी संकलनप्रविधिको साथै यीतीननगरहरूमादिगो तथावातावरण मैत्री घर हरित आवास निर्माणको अभियानलाई तिब्रतादिइकार्यान्वयनमाल्याइएको छ। धरानउपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले भनेः वाताववरण मैत्री घरः हरित आवास निर्माण गर्नेलाई उपमहानगरपालिकाले नक्सापासगर्दा लाग्ने करमा ५० प्रतिशत छुटको व्यबस्था गरेको छ। हरित आवासले आकाशेपानी संकलनमामात्रजोड दिंदैन। यसले उर्जा किफायतीप्रविधिको प्रयोग, वातावरण मैत्रीनिर्माण सामाग्रीको प्रयोग, फोहोरको उचितव्यवस्थापन जस्ता पक्षलाई पनिउत्तिकै प्राथमिकतादिने शहरी योजनाकार एवं युएन ह्याबिट्याटका प्रोग्रामम्यानेजर पद्म सुन्दर जोशीबताउनु हुन्छ। पानीजीवनहो। सुरक्षीतपानीपिउनपाउनु आमनागरीकको नैसर्गीक आधिकार हो। पानीबिनाको जीवनकल्पना समेत गर्न सकिंदैन। किनकीहाम्रो दैनिकव्यक्तिगततथा घरायसीक्रियाकलापहरू पानीबिनाचल्न सक्दैनन्। तसर्थ शहरी क्षेत्रमा देखिएको पानीको समस्यालाई न्युनीकरण गर्न आकाशेपानी संकलनतथापुनरभरण प्रविधीलाई आत्मासाथगर्न जरुरी देखिन्छ। घर निर्माण गर्दा आकाशेपानी संकलन र पुनरभरण विधीबारे जानकारी लिएर सहीउपयोग गर्न सके पानीको समस्याबाट धेरैहदसम्ममुक्ति मिल्छ। यसतर्फ आमनागरीक सचेत हुन जरुरी छ र सम्बन्धीतनिकायको सक्रियताअझआवश्यक छ।