सोह्र प्रतिशतलाई मात्र गुणस्तरीय खानेपानी

बुटवल, चैत ९ गते । रुपन्देहीमा ९७ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहँुच पुगे तापनि जम्मा १६ प्रतिशत खानेपानी मात्र गुणस्तरीय रहेको पाइएको छ । सन् २०१७ सम्ममा सबैलाई खानेपानीको पहँुच पु¥याउने भने तापनि अहिलेसम्ममा सरकारले तोकेको मापदण्डअनुसारको गुणस्तरीय पानी जम्मा १६ प्रतिशतले मात्र उपयोग गरेका छन् ।

अहिले रुपन्देहीमा ३० वटा खानेपानीे आयोजना सञ्चालनमा रहेकाले ती खानेपानीका आयोजना सम्पन्न भएपछि मात्र करिब ५० प्रतिशत गुणस्तरीय खानेपानीको पहँुच पुग्नेछ । विश्व पानी दिवसका अवसरमा सिद्धार्थ सामुदायिक समाज भैरहवाको आयोजनामा आयोेजित रुपन्देही जिल्लामा खानेपानीको पहुँचको अवस्था, अवसर र चुनौती विषयक कार्यक्रममा रुपन्देहीको खानेपानीको अवस्थाका बारेमा बिश्लेषण गरिएको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका इन्जिनियर धुव्र धितालले यस जिल्लामा साना, मझौला र सह लगानीका आयोजनाहरु सञ्चालनमा रहेकाले गुणस्तरीय पानीको पहुँचमा वृद्धि हुने बताउनुभयो ।कार्यक्रममा गुणस्तरीय पिउने पानीका लागि जलाधार क्षेत्रको संरक्षण नै आवश्यक रहेकाले पानीको स्रोत व्यवस्थापनका लागि जोड दिनु पर्ने धारणा व्यक्त गरियो । कार्यक्रममा रेडियो लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद अर्यालले स्वस्थ्य खानेपानी तथा पूर्ण सरसफाइ अभियानका लागि रेडियोले सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा सिद्धार्थ सामुदायिक समाज भैरहवाका वास परियोजना संयोजक खिमानन्द रिजालले खानेपानीका स्रोतलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

Go to top