शौचालय नबनाउनेले सुविधा नपाउने

मोरङ (पथरी), चैत १५ गते । कोसी हरँैचा नगरपालिकाले शौचालय नबनाउने सर्वसाधारणलाई नगरपालिकाले दिने सुविधाबाट वञ्चित गर्ने भएको छ ।

नगरपालिका नगर क्षेत्रलाई सफा, सुन्दर र खुल्ला दिसामुक्त क्षेत्र घोषणा प्रभावकारी बनाउने अभियानअन्तर्गत शौचालय नबनाउने नगरवासीविरुद्ध कडा रूपमा उत्रिएको हो । हरँैचा–३ को डोम बस्तीमा शौचालय नबनाउने र जथाभाबी दिसा गर्न थालेपछि सो कदम चाल्न थालिएको नगरपालिकाका कार्यकारी अधिकृत गाणेशराज कार्कीले जानकारी दिनुभयो ।

एघार हजार ६०१ घर रहेको नगरपालिकामा झन्डै ७० हजार १०० जनसङ्ख्या छ । सो नगरपालिकाका १५ मध्ये १२ वडामा शौचालय बनाउन बाँकी छ । हाल तीन वटा वडा पूर्णरूपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको नगरपालिकाले जनाएको छ । 

Go to top