अन्तर्राष्ट्रिय महिनावारी दिवसको पूर्व सन्ध्यामा राजधानीमा साइकल ¥याली

काठमाडौं, १३ जेठ । अन्तर्राष्ट्रिय महिनावारी दिवसको पूर्व सन्ध्यामा शनिबार काठमाडौंमा बृहत साइकल ¥यालीको आयोजना गरिएको छ । ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले साईकल ¥याली आयोजना गरेको हो ।

मे २८ तारिखका दिन विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा आयोजित उक्त ¥यालीमा करिव दुई सय पचासभन्दा बढी साइकल यात्रीको सहभागीता रहेको थियो ।

बसन्तपुरबाट शुरु भई कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर मण्डला, कुपन्डोल हुँदै मंगलबजारमा गएर टुंगिएको ¥यालीमा ब्यवसायिक र सौखिन साइकल यात्रीदेखि स्टाफ नर्स, ब्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधीलगायतका ब्यक्तिको सहभागीता रहेको थियो । ¥यालीका सहभागीहरुले ‘हरेक पुरुष बन्छ जिम्मेवारी, जब बोल्छ स्वस्थ महिनावारी’, ‘स्वस्थ महिनावारी हामी सबैको कर्तब्य हो’, ‘स्वस्थ महिनावारी हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर महिनवारी सम्बन्धि चेतना जनमानसमा फैलाए ।

नेपाल साइकल संघको प्राविधीक सहयोगमा भएको ¥यालीमा साइकलिङमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त संस्था कोराको पनि समर्थन रहेको थियो ।

महिनावारीका बारेमा चेतना जगाउनका लागि विभिन्न खाले कार्यक्रम हुने गरे तापनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उदेश्यले ¥याली आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले बताए ।

सामाजिक अधिकारकर्मीका रुपमा यस वर्षको ओस्कार अवार्ड विजेता एवं गत वर्ष एनपीस अवार्डको मनोनयनमा परेका महर्जनले नेपाली समाजमा महिनावारीलाई पाप होइन यो एक प्राकृतिक प्रक्रिया हो भन्ने सन्देश प्रवाह गर्न पुरुषले पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिए ।

मंगलबजारमा गएर टुंगिएको ¥यालीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतिपाती गर्न पठाइने हुनाले यस्ता खालका जनचेतनामुलक अभियान गाउँगाउँसम्म पुर्याउनुपर्ने विचार राखे ।

काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिंगकी प्रिन्सिपल सानु तुलाधारले आफूले नबुझुन्जेल परिवारमा भनिएअनुसार महिनावारी बार्ने गरे तापनि नर्सिंग विषय पढेर यो एक शाररीक प्रक्रिया मात्रै हो भन्ने बुझेपछि आफूले पनि बार्न छाडी अरुलाई समेत यस विषयमा चेतना दिने काममा लागि परेको बताइन् ।

करिव सात बर्षको उमेरदेखि नै महिनावारीको विषयमा चासो राखी , १४ वर्षको उमेर पहिलो पटक महिनावारी हुँदा घर छाडेर हिँडेकी महिनावारी अभियन्ता राधा पौडेल हाल यसै विषयमा विद्याबारिधी गर्दैछिन् । उनले महिनावारी अधिकार भनेको मानव अधिकार भएकाले यो सबैको सरोकारको विषय भएको बताइन् ।

शहरमा बस्ने महिलाले महिनावारीलाई स्वस्थ र सुरक्षित बनाउनुको साथै यस्तो बेलामा खाना नबारी शरीरलाई आवश्यक पर्ने सम्पूर्ण खाना खान हुने एक्सन अगेन्स्ट हंगरकी प्रतिनिधी कमला केसीले बताइन् ।

कोडेफकी उपाध्यक्ष यभलक्ष्मी श्रेष्ठले महिनावारी भएको छु भनेर हामी गर्व गरौं भन्दै कार्यक्रममा सहभागीलाई पनि यही नारा दोहोर्याउन लगाइन् ।

कार्यक्रममा सहभागी साइकलयात्रीमध्येका दिपेन्द्र बजाचार्यले र्यालीमा धेरै ब्यवसायिक साइकल यात्रीले समेत सहभागीता जनाएको खुसी ब्यक्त गरे ।

नेपालमा पहिलोपटक भएको एसियन च्याम्पियनसीपमा समेत भाग लिनुभएको बजाचार्यले महिनावारीको बारेमा बोल्न कसैले पनि लाज नमानी आफूले जानेको कुरा सबैलाई बुझाउनुपर्ने बताए ।

त्यसैगरी र्यालीमा सहभागी हस्तकला ब्यवसायी सुनिल पासा पनि शहरी क्षेत्रमा पुरुषले खासै यसलाई बार्न नलगाए पनि सासु, आमालगायतका परिवारका सदस्यले नै यस्ता कुरितीलाई निरन्तरता दिन लगाउने हुनाले सबैभन्दा पहिले उनीहरुलाई महिनावारी सम्बन्धि चेतना दिनु आवश्यक रहेको औल्याए । कार्यक्रममा सहभागी साइकल यात्रीलाई प्रमाणपत्र समेत दिइएको थियो ।

महिलामाथि हुने यौनदुब्र्यवहारमा काम गर्दै आएको एक्सपोज नेपालले विगत १० वर्षदेखि विशेषगरी शहरी क्षेत्रमा हुने गरेका दुब्र्यवहारलाई कम गराउने उदेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले उपत्यकाका ४० वटा विद्यालयका विद्यार्थीलाई घरेलु हिंसा र यौन हिंसाका विषयमा सचतेता कार्यक्रम संचालन गर्दै आएको छ ।

Source: Koseli News

Link: http://koselinews.com/?p=14247v