वर्षाको पानी संकलन गरी विद्यालयमा पानी सुलभ बनाइने

काठमाडौं, जेठ २१ । काठमाडौं भरी खानेपानीको हाहाकार भइरहेको अवस्थामा कालिमाटीको एक सामुदायिक स्कुलले भने यो वर्ष देखि सित्तैम वर्षभरी जस्तै खानेपानी पाउने भएको छ ।

यहाँको जनप्रभात माध्यमिक विद्यालयमा आज नवनिर्वाचित वडा नं १३का वडाअध्यक्ष धु्रव नारायण मानन्धरले आज विश्व वातावरण दिवसको उपलक्ष्यमा यहाँ वर्षात्को पानी संकलन गर्ने संयन्त्र निर्माणको शिलान्यास गरे ।

उनले आफुले धेरै पहिलेदेखि स्थानीय जनताको खानेपानीको समस्या हल गर्नलाई सहयोग गर्न कोशिस गरिरहेकोमा यो शुभ कार्यमा सरिक हुन पाउँदा खुशी व्यक्त गरे ।

स्कुलका प्रधानाध्यापक सत्यन्द्र लाल कर्णले वर्षात्को पानी संकलन गरेर प्रयोग गर्ने तरिका काठमाडौंका लागि विशेष गरेर उपयुक्त हुने बताए । उनले यो प्लान्टको निर्माण पछाडि यसको मर्मत सम्भार राम्रासँग गर्ने पनि बताए ।

विद्यालयले हाल महिनाको दुईपल्ट गरेर मासिक रु ८००० बराबरको पानी किनेर विद्यालय चलाइरहेको छ । वर्षा समुदाय नाम गरेको यो कार्यक्रममा करिब १३लाख ५०० खर्च गरेर त्यहाँको एउटा भवनको छतमा परेको पानी संकलन गरेर एउटा २५,०००लिटर क्षमता भएको एउटा जमिनमुनिको ट्यांकीमा खसालिने छ र त्यहाँबाट पानीलाई प्रशोधन गरी खान योग्य बनाई बालबालिकालाई वितरण गरिने छ ।

यो संयन्त्र गुथि तथा अन्तर्राष्ट्रिय वर्षा पानी संकलन सहकार्यको संयोजनमा जेनेभो क्यान्तोन, जेनेभा शहर र मेरलिन शहरको सहयोगबाट निर्माण हुँदैछ।

Source: Esamata

Link: http://esamata.com/news/वर्षाको-पानी-संकलन-गरी-वि/

Go to top