मन्त्रालयमै धरधरी रोए सचिव उपाध्याय (भिडियो सहित)

काठमाडौं  । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय हिजो मन्त्रालयमै धरधरी रोए । भदौं १४ गते ५८ वर्ष लाग्दै गरेका उपाध्यायलाई बिदाई गर्न आयोजित एक कार्यक्रममा उपाध्याय मात्र रोएनन् उनले विभागिय मन्त्री महेन्द्र यादवलाई पनि भावुक बनाइदिए ।

फेसवुके र टुइटे सचिवको उपनामले पनि चिनिने उपाध्याय सामाजिक सञ्जालमा रमाउने सचिव मध्येका एक हुन् । झट्ट निर्णय लिने र कर्मचारीलाई परिचालन गर्न माहिर उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालको अत्याधिक प्रयोग र केयुकेएल विवाद प्रकरणका कारण चर्चामा थिए ।

उनले खानेपानी मन्त्रालयमा रहदा मेलम्चीको कामलाई रफतारमा लैजाने, केयुकेएलका विकृति बाहिर ल्याउने, काठमाडौंका सडकमा खनिएका खाल्डा पुर्ने जस्ता कामलाई तिव्रता दिएका थिए । सामाजिक सञ्जालमा सधैं उपडेट रहने सचिव उपाध्यायले भर्खरै तराईमा गएको बाढीको बेलामा खानेपानीको प्रबन्ध गर्न कर्मचारीहरुलाई प्रभावकारी ढंगले परिचालन गरेका थिए ।

छोटो समयमात्र सचिवसँग काम गरेका मन्त्री यादवले सचिवको प्रशंसामात्र गरेनन् बरु उपाध्याय जस्तो सचिव पाएकोमा गर्व लागेको पनि बताए ।

सम्भवतः यसै साता बस्ने मन्त्री परिषद्को बैठकले उक्त मन्त्रालयमा नयाँ सचिवलाई पठाउने छ ।

Source: Nepali Janta

Link: http://www.nepalijanta.com/?p=42926

Video: Click Here

Go to top