उपयोगी घुम्ती शौचालय

काठमाडौं (हिटा) पछिल्लो समय घुम्ती शौचालय निकै उपयोगी बन्दै गएको छ । विभिन्न चाड पर्व र मेलाको समयमा अति उपयोगी मानिएको घुम्ती शौचालय बजारमा आम्दानी गर्ने पाटोको रूपमा पनि चिनिन थालेको छ ।

हाल काठमाडौं महानगर क्षेत्रभित्रमा दुई वटा घुम्ती शौचालय छन् । ‘वेस्ट म्यानेजमेन्ट सर्भिस काठमाडौं प्रालि’ ले टेण्डर पारेर उक्त शौचालय सञ्चालन भइरहेको छ । २०६५ सालमा प्रालिका अध्यक्ष वासु उप्रेतीले तीन वटा घुम्ती शौचालय सञ्चालनमा ल्याएका थिए । काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय आवश्यक पर्ने ठानेर सञ्चालनको लागि प्रस्ताव गरेपछि ‘वेस्ट म्यानेजमेन्ट सर्भिस काठमाडौं प्रालि’ ले घुम्ती शौचालय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । एउटा घुम्ती शौचालयमा तीन जनाले रोजगारी पाएका छन् ।   

उप्रेतीले पुरानो तीन वटा घुम्ती शौचालय हटाएर नयाँ र निकै बलियो खालको दुई वटा सञ्चालनमा ल्याएका छन् । ती शौचालयबाट वार्षिक १६ लाख रुपियाँभन्दा बढी आर्जन हुने गरेको छ । दैनिक कम्तिमा ४ हजार रुपियाँ जम्मा हुन्छ ।

उप्रेतीले काठमाडौं महानगरमा पाँचवटा घुम्ती शौचालय चलाउने सोचेका छन् । तीनटा थप गर्न उनलाई सरकारको सहयोग आवश्यक परेको छ । बसपार्कहरूमा पर्याप्त शौचालय नभएकाले यस्तो ठाउँमा घुम्ती शौचालयको आवश्यक परेको उप्रेतीको भनाइ छ । धेरै भीडभाड हुने ठाउँमा बढी उपयोगी हुने र आम्दानी पनि हुने भएकाले घुम्ती शौचालय उपयोगी हुने उप्रेती बताउँछन् । 

संसारभरमै शौचालयको समस्या भएकाले सबैको ध्यानाकर्षण हुन जरुरी रहेको उप्रेती बताउँछन् । अहिले सञ्चालन भइरहेको घुम्ती शौचालय स्टीलले बनेकाले कम्तिमा २० वर्षसम्म टिक्ने उनको भनाइ छ ।  अनुसार सरकारले घुम्ती शौचालयमा लगानी गर्न सके यसबाट राम्रो आम्दानी गर्न सकिन्छ । जसले देश विकासमा थोरै भए पनि मद्दत पुग्छ । शौचालयमा लगानी गर्नु भनेको देशकै स्वास्थ्यमा लगानी गर्नु हो । शौचालयको समस्याका कारण अधिकांश महिलाले कम पानी पिउने गरेको उप्रेतीले भनाइ छ । शौचालयको संख्या बढाउनुका साथै सरसफाइमा समेत सबैले ध्यान दिनुपर्नेमा उनको जोड छ । 

धरै मुलुकहरूका घुम्ती शौचालय प्रयोगमा रहेको पनि उनले बताए । 

पानी नभए शौचालय के काम !

‘शौचालय छ नि, भएर के गर्नु पानी नभएपछि !’ काभ्रेको धुलिखेल नजिकै अठ्ठाईस किलो भन्ने ठाउँकी बासिन्दा लक्ष्मी आचार्य भन्छिन् । भूकम्पपछि उनको परिवारको बास टहरामा भए पनि शौचालय बनाएका छन् तर पानी नहुँदा उनीहरू शौचका लागि जंगलतिर जान बाध्य छन् । 

उनीहरू वैशाख १२ को भूकम्पपछि जस्तापाताको टहरामै छन् । भूकम्पपछि उनीहरूको पानीको स्रोत खलबलियो । शौचालयमा पानी छैन । मजदुरी गरेर निर्वाह गर्ने उनको परिवार निकै टाढाबाट गाग्रीमा पानी ल्याएर काम चलाउँछन् । गग्रीमा बोकेको पानीले शौचालय सफा राख्न सम्भव छैन । भूकम्पपछि आफूहरूले शौचालय प्रसस्त पानी चलाउन नपाएको लक्ष्मी बताउँछिन् । 

लक्ष्मी एक्ली पात्र होइनन् । उनका छिमेकीहरू पनि उही अवस्थामा छन् । लक्ष्मी भन्छिन्, ‘निकै तलबाट गांग्रोमा पानी बोकेर ल्याउनुपर्छ, शौचालयमा पानी खर्च गर्न पुग्दैन, बाहिर गए थोरै पानीले पनि हुन्छ ।’ राति भने उनीहरू जसोतसो शौचालयमै प्रयोग गर्छन् । राति जंगलमा जान डर हुने भएकाले शौचालयमा पस्न बाध्य भएका हुन् । 

भूकम्पपछि राम्ररी शौचालय प्रगोग गर्न नपाएको अर्का स्थानीयबासी गौरवबहादुर बताउँछन् । गाडी चलाएर परिवार पाल्ने उनलाई पानी बोक्ने फुर्सद हुँदैन । पिउने, खाना पकाउने कामका लागि पानीको जोहो गर्ने गरेका छन् । बालबच्चाले शौचालय प्रयोग गरेकै छैनन् । बालबच्चालाई बाहिरै दिसा गराउँछन् र माटोले पुर्छन् । पाहुना आउँदा जसोतसो पानीको व्यवस्था गरिदिन्छन् ।  

हरेक घरमा एक÷एक वटा शौचालय भएपनि अठ्ठाइस किलोका भूकम्पपीडित पानी अभावकै कारण खुला ठाउँमै दिशापिपिसाब गर्न बाध्य छन् । खुला ठाउँमा शौच गर्ने बानी भएपछि शौचालयमा पस्न मन नलाग्ने पनि उनीहरूको अनुभव छ । पानी नभएपछि शौचालय हुनु र नहुनुको अर्थ नहुने स्थानीयबासी तीर्थ थापा बताउँछन् । ‘पिउनकै लागि पानी जुटाउन धौधौ परेका बेला शौचालयका लागि कहाँबाट जुटाउनु ¤ उनीहरूको मुख्य समस्या यही हो । बिहानको समयमा पानी भर्नकै लागि घण्टौँ लाइन बस्नुपर्छ,’ तीर्थ भन्छन्, ‘बल्लतल्ल पानी भ¥यो बोकेर ल्याउन झण्डै ४५ मिनेट लाग्छ ।’ पाखा र जंगलतिर गए थोरै पानी भए पुग्छ, शौचालयमा जस्तो बगाउने पानी चाहिँदैन । 

Source: The Himalayan Times

Link: http://ehimalayatimes.com/samaj/19249

Go to top