सामुदायिक विद्यालयको सरसफाइ कमजोर : भूकम्पको प्रभाव पनि जोडियो

कामनपा वडा नंं २९ डिल्लीबजारस्थित डिल्लीबजार कन्या वहुमुखी क्याम्पसको शौचालय, शौचालयको प्यानमा बाक्लो फोहोर छ भने, त्यहाँ प्रयोग गरिने पानी पनि फोहोर छ । कन्याहरु मात्र पढ्ने विद्यालय भएकोले शौचालय वा आसपासमा स्यानिटरी प्याड फाल्ने स्थान हुनु पर्ने हो तर यस्तो अवस्था देखिँदैन

पानी पहिलो समस्या त्यसपछि शौचालयको संख्या, सफाइ कर्मचारीको अभाव, पहिला र पुरुषको अनुपातमा संरचना नहुनु समस्या

 

चन्द्रमणि भट्टराई
बैशाख २०

काठमाडौँ । काठमाडौंं महानगरका सार्वजनिक विद्यालयमा सरसफाइ हुन नसक्नुको कारणमा पानीको अभाव पहिलो देखिएको छ । वितरण प्रणालीबाट आउने पानीका कम मात्र विद्यालयको पहुँच छ । त्यसको विकल्पमा भूमिगत पानी निकाल्नु, आकाशे पानी संकलन गर्नु या ट््याङ्करबाट खरिद गर्नुको विकल्प छैन । यसरी उपलब्ध भएको पानीको गुणस्तरको सवाल अर्को महत्वपूर्ण प्रश्न हो ।

 

कन्या क्याम्पसकै शौचालय वाहिरको हात धुने ठाउँ । यस धारामा न अहिले सावुन छ, न पहिले सावुन राखिएको चिनो छ । बेसनको तलतिर रातो पानीको दाग देखिन्छ । यसबाट उपलब्ध पानी स्वच्छ छैन भन्ने थाहा हुन्छ ।

अहिले काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा सरसफाइको अवस्था अध्ययन गरिरहेको छ । यो वैज्ञानिक अध्ययन होइन तर विद्यालयमा उपलब्ध भौतिक सुविधा, सरसफाइ प्रतिको सचेतना, शिक्षक र विद्यार्थीको व्यवहारजस्ता पक्ष हेरेर विद्यालयको क्रम निर्धारण अध्ययनको लक्ष्य हो । वातावरण विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ — वातावरणीय अवस्था सुधारका प्रयास थालनी गर्न आवश्यकता पहिचान गर्ने क्रममा अध्ययन गरिएको हो । अनुगमन थालनी भएपछि आधा जत्ति सुधार विद्यालय आफैैंले गर्छन् । बाँकी सुधारमा हामी कार्ययोजना बनाउँछौं, विभागीय प्रमुख कुँवरको भनाइ छ ।

 

कन्या मा. वि. मा सफाइ अवलोकन गर्दै श्रोत व्यक्ति खगराज जोशी, विद्यालयकाी प्राचार्य रीता तिवारी वडा नं. २९ की वडा सदस्य शुशिला ढकाल

अध्ययनका ४० अङ्कमा मुल्याङ्कन गरिँदैछ । यसमा फोहोर व्यवस्थापनलाई १० अङ्क दिइएको छ भने सरसफाइलाई ६ अङ्क, हरियालीलाई ८ अङ्क, पानीको उपलब्धता र स्वच्छतालाई क्रमश ८÷८ अङ्कमा दिइएको छ ।

फोहोर व्यवस्थापनमा डस्विनको व्यवस्था, चक्लेटजस्ता साना प्लाष्टिकजन्य खोलहरुको व्यवस्था, नियमित संकलन, गल्ने र नगल्ने फोहोरको वर्गीकरण र फोहोरको पुनप्रयोगमा विद्यालयले गरेका काम हेरिन्छ । त्यस्तै सरसफाइमा कक्षा कोठाको सफाइ, सरसफाइ गर्ने औजार उपकरणको उपलब्धता, तिनीहरु भण्डारण गर्ने कक्षको व्यवस्था, विद्यार्थीहरुको विद्यालयभित्र र वाहिर सरसफाइप्रतिको व्यवहार अध्ययन गरिन्छ । स्वच्छतामा भने शौचालयको अवस्था र उपलब्धता, हात धुने बानी र यसप्रतिको सिकाइ र हात धुन सावनुको उपलब्धता जस्ता विषयमा मुल्याङ्कन हुन्छ ।

कामपा वडा नंं १३ को जनप्रभात माद्यमिक विद्यालयको शौचालय बाहिर भएको हात धुने धारामा आउने रातो पानी

पानीको सुविधा अन्तर्गत, स्वच्छ पिउने पानीको उपलब्धता, आकाशे पानी व्यवस्थापन, ढल निकास, आकाशे तथा सतही पानीको व्यवस्थापन जस्ता पक्ष हेरिन्छ । यता हरियालीतर्फ विरुवाको अवस्था, वृद्धि, तरकारी वा अन्य वाली उत्पादन, जैविक फोहोर व्यवस्थापन जस्ता पक्ष हेरिन्छ ।

सरकारी विद्यालयमा सरसफाइको अवस्था उस्तै खालको छ, पद्म कन्या श्रोत केन्द्रका श्रोत व्यक्ति खगराज जोशी र जनप्रभात माध्यमिक विद्यालय श्रोत केन्द्रकी श्रोत व्यक्ति उमा रेग्मीको साझा भनाइ छ । पहिलो त पानी छैन, भएको पानी पनि गुणस्तरीय छैन । अर्कोतिर शौचालयको नियमित सरसफाइ देखिँदैन । यी समस्यामाथि अरु समस्या देखाउँदै श्रोत व्यक्ति जोशी भन्नुहुन्छ — भूकम्पका समयमा भत्किएका विद्यालयको भौतिक स)रचना व्यवस्थापन गर्न सकिएको छैन । पुननिर्माणका क्रममा थुपारिएका निर्माण सामाग्रीले पनि विद्यालयको सुन्दरता घटाएको छ ।

 

पद्म कन्या श्रोत केन्द्रबाट ९ वटा सामुदायिक विद्यालय हेरिन्छ । यसमा वडा नं. २९ का पद्म कन्या र विजय स्मारक, वडा नं. २८ का पद्मोदय र सहिद शुक्र, वडा नं. २७ का दरबार हाइ स्कूल, भानु मा. वि. र त्यौड मा. वि. र वडा नं. ३० को ज्ञान विकास आधारभूत विद्यालय छन् । यीमध्ये दरबारह हाइ स्कूल र भानु मा. वि आफैं टहरामा छन् । यिनीहरु कक्ष नै अव्यवस्थित हुँदा शौचालय व्यवस्थित हुने कुरै भएन । श्रोत व्यक्ति जोशी बताउनुहुन्छ ।

यता वडा नं. १३ को जनप्रभात माद्यमिक विद्यालय श्रोत केन्द्र भएर हेरिने विद्यालयहरुको पनि साझा समस्या छन् । श्रोत व्यक्ति रेग्मी भन्नुहुन्छ — पहिलो समस्या भनेको शौचालय र पानी नै हो ।

जनप्रभात माद्यमिक विद्यालयको छात्रा शौचालय जाम भएको अवस्थामा

महानगरमा ९४ वटा सामुदायिक विद्यालय छन् । यी विद्यालय ११ वटा श्रोत केन्द्रमार्फत व्यवस्थापन हुँदै आएका छन् । महानगरकी उपनिर्देशक सरस्वती पोख्रेल भन्नुहुन्छ — हामी महानगरकै शिक्षा विभागसँगको समन्व्यमा काम गरिहरको छौं । वैशाख महिलनाभित्र यी सवै विद्यालयको तथ्याङ्क आउँछ, त्यसपछि सुधारका थप काम गर्नेछौं । 
यसका लागि जाइकामार्पmत स्वयम्सेवकहरुले काम गर्दै आएका छन् । सामुदायिक विद्यालयको अवस्था सुधारका लागि सन् २०१३ देखि महानगरसँग जाइका स्वयम्सेवक आवद्ध छन् ।