चर्पी साहु

हिजो पत्रिकामा पढें, एकजनाको १५ वटा बस रहेछ । उसले गर्व साथ त्यो कुरा भन्दै थियो । फिल्म हल, मल, हस्पिटल ई. मा ५ तारे सुविधाहरू भित्रि सके, तिनले प्रशस्त ग्राहक पाएकै छन् । अव शौचालयमा ५ तारे सुविधा उपलब्ध हुने गरि यसलाई व्यवसायको रूपमा लिनु पर्ने छ, जव सम्म यसलाइ सेवाको रुपमा हेरिन्छ यसले उन्नति गर्दैन ।

शौचालय, कपाल काट्ने ठाउँ, सरसफाइका साधनहरू बिक्री गर्ने, नुहाउने, लुगा धुने सबै सुविधा एकै ठाउँबाट उपलब्ध गराउन सक्ने व्यावसायिक स्थलहरू खुल्नु पर्नेछ 

कपाल काट्न नगरपालिकाले कतै सार्वजनिक स्थल राखेको छ र शौच गर्न पनि उसले राखिदियोस् भनेर हामीले आशा गर्ने ? कपाल काट्ने निजी सैलुनहरू खुलेकै छन् – ५ तारे सैलुनहरू पनि। नगर क्षेत्रमा जग्गाको कमी छ भनेर देखाइन्छ, यसको कारण “शौचालय”लाई केवल “सार्वजनिक शौचालयको” रूपमा मात्र हेर्ने गर्नाले हो, यसलाई “व्यावसायिक शौचालय”को रुपमा हेरेमा साहुले पायक पर्ने स्थल पहिचान गरेर त्यो स्थानमा घर वा सटर भाडामा लिएर भए पनि शौचालय सञ्चालन गर्न सक्छ ।

 

अझ साहुहरूको बीचमा प्रतिस्पर्धा भएर, मेरो चर्पी प्रयोग गरेमा “एसी, फेमेली डिस्काउण्ट कार्ड, वढि प्रयोग गर्नेलाई priority customer, मेरो शौचालय अरूको भन्दा बढि smart छ, चर्पी प्रयोग गर्नुहोस र घर उपहार पाउनुहोस् ” जस्ता आकर्षक विज्ञापन र सुविधा दिएर यसलाइ थप व्यावसायिक बनाउन सक्छ।

आफ्नो शौचालय प्रयोग गर्ने हस्तीहरूको फोटो देखाएर उसले भनोस् “त्यो फलानो ठाउँको मेरो शौचालयमा त अस्ति मात्र फलानो हिरो आएको थियो, जहिले पनि ‘त्यो’ रेष्टुराँको शौचालय मन नपरेर मेरैमा उ आउने गरेको छ!”

अनि यसरी जन्म हुन सक्ने छ चर्पी साहु, जसले गर्वका साथ भन्न सक्ने छ “ काठमाण्डौमा मेरो १५ वटा शौचालय छ, भरतपुरमा १० वटा, बिराटनगरमा २५ वटा, अस्ति भर्खर मन्त्रीज्यूले तपाई रोल्पामा पनि जानोस् भनेकोले अब कसरी जाने भनेर मोडालिटि खोज्दै छु ।“

अन्त्यमाः सरसफाइमा लगानी गर्‍यो भने १ को ९ फाइदा हुन्छ भन्थे, त्यसो हो भने, यो त सबै भन्दा Profitable Business हुनु पर्ने हो, नाफा के के भनेर सोध्यो भने “समय बचत, रोगबाट बच्ने, औषधि खर्चमा वचत, ‘हामीलाई गर्व छ’ ई” भन्थे, professional ले त नबुझ्ने intangible (अमूर्त) भाषामा बताइएको फाइदा झन साहुहरूले त बुझ्ने कुरै भएन, पैसो आउने र पैसो बचत हुने फरक कुरा हुन्, साहुले त पैसो आउनेमा मात्र लगानी गर्छ। त्यसैले शौचालयबाट पैसा आउने बनाउँ !

राजीव घिमिरेको फेसबुकबाट ।

 

source: Wash Khabar

Go to top