शौचालयमै पाइन्छ स्यानिटरी प्याड

 १५ भाद्र २०७५, शुक्रबार १२:२६

काठमाडौ : कुनै समय औषधी पसल र केही खास खास पसलमा मात्र पाइने स्यानिटरी
प्याड अहिले शौचालयमै पाउन थालेको छ । काठमाडौका केही सार्वजनिक शौचालयले
स्यानिटरी प्याड समेत बेच्न थालेका छन् ।


शौचालयमा आएका महिलालाई कहिलेकाहीं अपर्झट महिनावारी हुँने र बाहिर पसलमा
लिन जाँदा हुने समस्यालाई ध्यानमा राखी शौचालयबाटै स्यानिटरी प्याड बेच्न थालिएको
रत्नपार्कमा सञ्चालित सार्वजनिक शौचालयको रेखदेख गर्दै आउनुुभएकी मनमाया खत्रीले
बताउनुुभयो ।

स्यानिटरी प्याड नाफाका लागि भन्दा पनि सेवाका लागि राखिएको उहाँले बताउनुुभयो ।
‘प्याड बेच्दा खासै फाइदा त हुँदैन, तर शौचालय आउने महिलालाई कहिलेकाहीं महिनावारी
भइहाल्यो भने समस्या हुन्छ, त्यस्तो बेलाका लागि भनेर राखिएको हो ।’
शौचालयमा स्यानिटरी प्याड राख्न थालेपछि शौचालय आउने महिलाले धन्यबाद दिने गरेको
उहाँले सुुनाउनुुभयो ।

‘हरेक सार्वजनिक शौचालयमा स्यानिटरी प्याडको प्रबन्ध हुनुुपर्ने रहेछ, अनि यसको विसर्जन
गर्ने ठाउँ पनि हुनुुपर्छ, स्यानिटरी प्याड बेच्न मात्र राखेर विसर्जन गर्ने ठाउँ राखेन भने यसले
वातावरण प्रदुुषित बनाउँछ’ उहाँले भन्नुुभयो ।

रत्नपार्कको शौचालयको सेवा सुधार गरी अहिले अपाङ्ग, बालबालिका र महिलामैत्री बनाइएको छ ।

Source: Wash Khabar

 

 

 

Go to top