आकाशेपानी सुरक्षित तरिकाले संकलन गर्न अति उपयोगी ‘आकाशेपानी फिल्टर’

१३ माघ २०७५, आईतवार १५:३६
काठमाडौ : देशका विभिन्न भेगमा पानी पर्न थालेको तीन दिन भइसक्यो । जल तथा मौसम विज्ञान विभागको मौसुम पूर्वानुमान महाशाखाका अनुुसार आज पनि देशका विभिन्न भागमा पानी परिरहेको छ ।
कतिपय सुख्खा क्षेत्रमा आकाशेपानी बालीनालीका लागि मात्र नभई घरायसी प्रयोजनका लागि पनि संकलन गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौ उपत्यकामै पनि आकाशेपानीलाई संकलन गरेर भण्डारण गरी आफूलाई चाहिएको बेला प्रयोग गर्न सकिन्छ ।


काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य आकाशेपानी फिल्टरको उपयोगिताको बिषयमा छलफल गर्दै ।
आकाशेपानीलाई सीधै संकलन गरेर प्रयोग गर्दा विभिन्न पातपतिङ्गर, फोहोरमैला, धुलोका कण लगायत बाहिरी बस्तु पानीमा मिसिने भएकाले त्यसलाई छान्ने अर्थात फिल्टर गर्ने राम्रो उपकरण बजारमा आएको छ । यसलाई आकाशेपानी फिल्टरको नाम दिइएको छ । तपाई पनि यो आकाशेफिल्टर खरिद गरी प्रयोग गर्न सक्नुहुन्छ ।

आकाशेपानी फिल्टरका बिशेषताहरु :

– १३० माइक्रोनको स्टील जाली भएकाले फिल्टर तत्वले पानीमा रहेका पातपतिङ्गर र बिकार बस्तुलाई छान्ने काम गर्छ ।
त्यसपछिको भागमा छतबाट आएको पानीलाई फ्लस गरी फिल्टर गर्नका लागि पठाइन्छ ।
त्यसैमा रहेको टि–पाइइद्वारा फिल्टर भएको पानीलाई भण्डार गर्ने ट्याङ्कीमा पु¥याउँछ ।


– पानी परेको पहिलो ५ मिनेट यस गेट भल्भले छतबाट बगाएर ल्याएको पात पतिङ्गर र अरु बिकार तत्वलाई फाल्ने काम गर्छ ।
एक फिल्टर युनिटले ५० मि.मि. को पिक बर्षा हुँदा १११ बर्ग मि. सम्मको बर्षातको पानी छान्ने क्षमता राख्दछ ।
यो आकाशेपानी फिल्टर टुेकू स्थित अम्बे कम्प्लेक्सको ह्याण्डमेड वाटरमा उपलब्ध छ ।

 

Source: Wash Khabar

Go to top