क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण

१६ माघ २०७५, बुधबार १९:२४
काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले शौचालयको सबै संरचनाको बर्णन गर्नुभएको थियो ।


उप राजदूत Park ले मानवमल मूत्रबाट ग्यास निकालेर प्रयोग गरेको प्रविधिलाई गहिरिएर अध्ययन गर्नुभयो । यस्तै महिलामैत्री शौचालय देखेर उहाँले खुसी व्यक्त गर्नुभयो । शौचालयको अवलोकन गरेपछि उहाँले भन्नुभयो ‘महिलालाई सार्वजनिक शौचालयमा दिसापिसाब गर्न, स्यानिटरी प्याड फेर्न धेरै गाह्रो हुन्छ, तर यहाँ महिलाले पनि ढुक्क भएर प्रयोग गर्न सक्ने अवस्था देखें, महिलाहरुले सार्वजनिक शौचालयमा पनि इज्जतका साथ प्रयोग गर्न सक्ने अवस्थाबाट म निक्कै हर्षित छु ।’

उहाँले एरोसान (AEROSAN) का राष्ट्रिय प्रतिनिधी अमात्यसँग सार्वजनिक शौचालय निर्माण तथा प्रयोग सम्बन्धी स्थानीय सरकारको सोचाई तथा नीति कस्तो छ ? भनेर पनि जिज्ञासा राख्नुभएको थियो ।
राष्ट्रिय प्रतिनिधी अमात्यले सार्वजनिक शौचालय निर्माण र सञ्चालन सम्बन्धी आईपर्ने समस्याको पहिचान र निराकरणका लागि काठमाडौ महानगरपालिकाले कार्यदल गठन गरेको र खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि नीति बनाईरहेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रिय प्रतिनिधी अमात्यले सार्वजनिक शौचालय निर्माण र सञ्चालन सम्बन्धी आईपर्ने समस्याको पहिचान र निराकरणका लागि काठमाडौ महानगरपालिकाले कार्यदल गठन गरेको र खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि नीति बनाईरहेको जानकारी गराउनुभएको थियो ।

झण्डै आधा घण्टाको बसाईमा उप राजदूत Park ले उहाँले रत्नपार्कमा मात्र रहेको महिलामैत्री शौचालयलाई अन्यत्र पनि विस्तार गर्नुपर्ने सुझाव दिनुभएको थियो । सरकार तथा उपभोक्ताबाट समेत अपहेलनाको दृष्टिले हेरिने शौचालयमा क्यानेडियन राजदुतावासबाट भएको भ्रमणलाई गुठीले पनि महत्वका साथ हेरेको छ । एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी अमात्य भन्नुहुन्छ ‘क्यानेडियन राजदुताबासबाट शौचालयको अवलोकन हुनु नै खुसीको कुरा हो । भविश्यमा शौचालयको बिस्तारका लागि उनीहरुको योगदान हुन पनि सक्ला ? यसले हामीलाई उत्साहित बनाएको छ ।’
वीर अस्पतालको अघिल्तिर रहेको सार्वजनिक शौचालय अघिल्लो बर्ष एरोसान र गुथिको आर्थिक तथा प्राविधिक सहयोगमा सुधार गरिएको हो । कुनै समय लागुपदार्थको दुर्व्यसनीमा फसेका मानिसहरुको आश्रय स्थल बनेको यो शौचालयमा अहिले बायोग्याँस जडान गरिएको छ ।

महिलामैत्री शौचालयमा स्यानिटरी प्याड फेर्ने र विसर्जन गर्ने व्यवस्था मिलाएको छ भने अपांगता भएकाका लागि बेग्लै शौचालयको व्यवस्था गरिएको छ । शौचालयमा सेन्सर लाइटको व्यवस्था गरिएको छ भने छानोमा भेन्टिलेसनको व्यवस्था गरिएको छ ।

 

Source: Wash Khabar