पृथ्वी बचाउने सन्देश दिँदै सुकुम्बासी बस्तीका बालबालिका

२३ जेठ २०७६ काठमाडौं : टेकुस्थित बंशीघाट सुकुम्बासी बस्तीका बालबालिकाले विश्व वातावरण दिवसका अवसरमा बुधबार पृथ्वीलाई बचाउने, वातावरणलाई प्रदूषित हावा र अन्ये वातावरणीय समस्याबाट जोगाउने सन्देश दिएका छन्। बिहान ८ बजे करिब ४० बालबालिका बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्देश दिन रंगीचंगी चित्र, पोष्टर र प्ले कार्ड प्रदर्षण गरेका हुन्। 

बागमती नदीको दुर्गन्ध र प्रदूषणले आजित बालबालिका आपूmले बनाएका चित्र, पोष्टर र प्ले कार्डसहित सामुदायिक भवनबाट निस्की आसपासको बस्तीमा वातावरणीय जागरुकता ल्याउन सफा हावा र सफा बागमतीको नारासहितको ¥याली निकालेका थिए। त्यसपछि बालबालिकाले ती चित्र, पोष्टर र प्ले कार्डसहित बाटोमा र आफ्नो बस्ती वरिपरि फालिएका प्लाष्टिक, कागज तथा अन्य फोहोर जम्मा गरी बस्ती सफा गरेको गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

गुथी नामक वातावरण, खानेपानी तथा सरसफाईमा कार्यरत संस्थाको सहयोगमा आयोजना गरिएको यस कार्यक्रमले बालबालिकालाई सफा वातावरणको महत्व बुझाउनुका साथै त्यस बस्तीमा बसोबास गर्ने समुदायलाई पनि जागरुक गराएको उनको भनाइ छ।

Source: Annapurna Post