सुकुम्बासी वस्तीका बालबालिकाले मनाए विश्व वातावरण दिवस

२३ जेष्ठ २०७६, काठमाडौ : काठमाडौको त्रिपुरेश्वर स्थित बंशीघाट सुकुम्बासी बस्तीमा बस्दै आएका बालबालिकाले पृथ्वीलाई बचाउने र वातावरणलाई प्रदुषित हावा र अरु वातावरणीय समस्याबाट जोगाउने सन्देश प्रवाह गरेका छन् ।वातावरण दिवसका दिन बुधबार ३५ जना भन्दा बढी बालबालिकाले बंशीघाट सामुदायिक भवनमा भेला भई वातावरणलाई जोगाउने सन्देश दिन रंगीचंगी चित्र, पोष्टर र प्ले कार्ड बनाए ।

बागमतीको दुर्गन्ध र प्रदुषणले आजित बालबालिकाले तिनै चित्र, पोष्टर र प्ले कार्ड सहित सामुदायिक भवनबाट वातावरणीय जागरुक्ता ल्याउन सफा हावा र सफा बागमतीको नारा लगाई आफ्नो वस्ती वरिपरि -याली निकाले । उनीहरुको ¥याली बंशीघाट बस्तीबाट सुरु भई बंशीघाटको पूर्वी सिमानामा पुगेर समापन भएको थियो ।

-याली पछि बालबालिकाहरुले आफ्नो छरछिमेकमा सरसफाइ कार्यक्रम अन्तर्गत आफूले बनाएका चित्र, पोष्टर र प्ले कार्ड सहित बाटोमा र आफ्नो वस्ती वरिपरि फालिएका प्लाष्टिक, कागज तथा अन्य फोहोरहरु जम्मा गरी वस्ती सफा गरे । गुथि नामक वातावरण, खानेपानी तथा सरसफाइमा कार्यरत गैससको सहयोगमा आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरुलाई सफा वातावरणको महत्व बुझाउनुका साथै त्यस बस्तीमा बसोबास गर्ने समुदायलाई पनि जागरुक बनाएको छ । कार्यक्रमको माध्यमबाट बालबालिकाहरुले आफ्नो रचना देखाउने मौका पनि पाएका छन् ।

‘प्लाष्टिक फोहोर बाल्नाले हावा प्रदुषित भएर धेरै रोगहरु लाग्ने हुँदा प्लाष्टिक र अन्य फोहोर नबाल्ने सन्देश दिन चाहन्छौ’ ¥यालीमा सहभागी कक्षा २ मा अध्ययनरत प्रियंका वि.क.ले भनिन् । बालबालिकाको सिर्जनात्मक काम देखेर सुकुम्बासी बस्तीका बृद्धबृद्धा समेत खुसी भएका छन् । ‘यति साना बालबालिकाले सफा वातावरणको महत्व बुझेर अरुलाई पनि यसको महत्वको बारेमा जागरुक गराएको देखेर मलाई धेरै खुसी लाग्यो’ वंशीघाट वस्तीमा बसोबास गर्ने विना बुद्धाचार्यले भन्नुभयो ।

बंशीघाट बागमती किनारमा अवस्थित काठमाडौको सबै भन्दा पुरानो सुकुम्बासी बस्ती मध्येको एक हो । यहाँका वासिन्दा गरिवीका कारण शिक्षा, स्वास्थ्य र रोजगारीबाट बञ्चित छन् । यहाँका बालबालिकालाई शिक्षामा पहुँच पु-याउने उद्देश्यले बंशीघाट सामुदायिक भवन निर्माण गरी सञ्चालन भई रहेको छ ।

Source: WASHKHABAR 

Go to top