खुल्ला दिसामुक्त नेपाल : सार्वजनिक शौचालय नहुँदा पीडा

काठमाण्डौ – देश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छ । तर शहर र राजमार्गमा समेत सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । मंगलबार विश्व चर्पी दिवस मनाइरहँदा नेपालमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापनको मुद्दा पेचिलो बनेको छ ।विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसका रूपमा मनाउन थालेको हो ।

यस वर्षको विश्व चर्पी दिवसको नारा ‘कसैलाई पछाडि नछोडौँ’ रहेको छ । समृद्धिको चर्को नारा लागिरहेको नेपालमा संघीय राजधानीसहित मुख्य शहरमै सार्वजनिक शौचालय नहुँदा भनाइ र गराइबीच भिन्नता देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शहरी क्षेत्रमा तीनसय मिटरको फरकमा सार्वजानिक शौचालय हुनुपर्छ । तर काठमाण्डौसहित शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुश्किल पर्छ । दिसापिसाबले च्यापेकाहरू नजिकैका होटल, खाजाघर छिरेर भोक नलागे पनि खानेकुरा खान वा दिसापिसाब च्यापेर हिँड्नु बाध्य छन् । 

Source: Ujjawlo, मंसिर ३, २०७६ मंगलबार

https://ujyaaloonline.com/story/28887/2019/11/19/public-toilet-in-kathmandu?fbclid=IwAR1UkNhHA8x9LQ06CRmpVbNx9RxR5JwckqeeD0F443xEcgus8kCBr5x79Pc

Go to top