आज सातौं विश्व चर्पी दिवस, अर्थात १९ नोभेम्वर

 

सम्पूर्ण नागरिकलाई शौचालयको पहुँचमा राख्ने सन्देश प्रवाह गर्दै सातौ विश्व चर्पी दिवस मनाउन लागिएको हो । सरसफाइ र शौचालयका न्युनतम सुविधा नागरिक माझ मौलिक हकका रुपमा सुनिश्चित गर्नुपर्ने सरोकारवालाले आग्रह गरेका छन् । 

चर्पी दिवसका अवसरमा प्रभात फेरि, छलफल कार्यक्रम तथा काठमाडौका विभिन्न स्थानमा रहेका सावैजनिक शौचालय निरिक्षण गर्दै प्रभात फेरि गरिने गुठीका प्रकाश अमात्यले जानकारी गराउनुभयो । उहाँका अनुसार अन्य मुलुकमा सुविधासम्पन्न शौचालय करिब ३०० मिटरको दुरीमा रहने भएतापनि नेपालमा त्यसका लागि अझै धेरै गृहकार्य गर्नुपर्ने देखिन्छ ।नेपालका धेरै सार्वजनिक शौचालयमा पानीको उपलब्धता, प्रयोग तथा न्युनतम सफाइ समेत गर्न कठिन देखिएको छ । शौचालयको संख्गामा भन्दापनि धेरै सार्वजनिक स्थलका शौचालय ुफाइ तथा पानीको उपलब्धताका लागि स्थानीय सरकारले विशेष अभियान संचालन गर्नुपर्ने देखिन्छ ।

काठमाडौ महानगरापालिकाले होटल तथा अन्य सार्वजनिक स्थानका शौचालय सबै नागरिकलाई प्रयोगका लासग दिईएको आग्रह व्इवहारिक रुपले लागु हुन सकेको छैन । सरोकारवाला संस्थाले सार्वजनिक शौचालयका मुद्दामा सबैलाई सहकार्य गर्न  आग्रह समेत गरेको छ ।

 Source:Eco Samachar 03 Mangshir, 2076

https://ecosamachar.com/2019-11-1835409318?fbclid=IwAR0SzB84PxAyi1tG3X29_Y6oIB69vu1flzUODSRddd72IXFPKlPZAvlNYEs

 

 

Go to top