News Watch

काठमाडौ महानगरलाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने

१५ श्रावण २०७६, बुधबार १८:५९

काठमाडौ : काठमाडौ महानगरपालिकालाई आगामी भदौ २० गतेभित्र ओडिएफ गर्न आवश्यक मापदण्ड र शर्तहरु पूरा गराई खुला दिसामुक्त घोषणा गरिने भएको छ । महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न अनुगमन गर्न बनेको अनुगमन समितिको बैठकले महानगरपालिकालाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

Read more: काठमाडौ महानगरलाई भदौ २० गतेभित्र खुला दिसामुक्त घोषणा गर्ने

सहरमा पानीको खाँचो टार्न आकाशे पानी संकलन भरपर्दो बिकल्प

 २०७६-०४-१४ 

 हुन्छ भन्यो, गरौं भन्यो, लाभ लिने आउँदैनन्, अब आकाशे पानीको कुरा समुदायलाई बुझाउनु पर्छ — उपत्यकाका मेयरहरु

चन्द्रमणि भट्टराई
साउन १४

काठमाडौं । सहरमा चाहिने पानीको व्यवस्थाका लागि आकाशे पानी संकलन बिधि जरुरी छ । यो उपयोगी पनि छ । तर, लाभ लिने सहरबासी सेवा लिन आएनन् । अब समुदाय स्तरमा कुराकानी नगरी हुँदैन, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरुको साझा मत देखिएको छ । गएको शनिवार र आइतबार काठमाडौंमा चलेको राष्ट्रिय आकाशे पानी संकलन कार्यशालामा नगरका प्रमुख, उपप्रमुख र प्रतिनिधिलाई लक्षित गरेर चलाइएको नगरपालिका सत्रमा बोल्ने मेयरहरुको निष्कर्ष यसै बिषयमा केन्द्रीत थियो ।

Read more: सहरमा पानीको खाँचो टार्न आकाशे पानी संकलन भरपर्दो बिकल्प

तिर्खालु काठमाडौं

 १४ साउन २०७६ ०६:३४:००

 

काठमाडौं : केन्द्रीय तथ्यांक विभागको पछिल्लो विवरणअनुसार काठमाडौंमा ५० लाखभन्दा बढी मानिस बस्छन्। यहाँ आपूर्ति हुने खानेपानीले जनसंख्याको एक चौथाइलाई पनि धान्न सकेको छैन। उपत्यकामा ४२ करोड लिटर पानीको माग छ। तर केयूकेलले १० करोड लिटर पनि आपूर्ति गरेको छैन। केयूकेलका उपप्रबन्धक प्रकाशकुमार राई उपत्यकामा खानेपानी आपूर्ति गर्न नसकिएको स्वीकार गर्छन्।

Read more: तिर्खालु काठमाडौं

आकाशे पानी संकलन र व्यवस्थापन गर्ने संकल्पसहित राष्ट्रिय सम्मेलन सम्पन्न

१३ श्रावण २०७६, सोमबार

न्युजअफ नेपाल, काठमाडौं । नेपालमा बर्षाको समयमा उत्पन्न हुने बाढी पहिरो डुवान जस्ता समस्या र हिउँदमा पर्ने खानेपानीको चरम संकटलाई निवारण गर्ने एकमात्र दिगो र भरपर्दो उपाय आकाशे पानीको संकलन र व्यवस्थापन भएकोले यस क्षेत्रमा गम्भीरतापूर्वक तत्काल काम थाल्न तीनै तहका सरकारलाई अनुरोध गर्दै काठमाडौंमा आयोजित “जीविकोपार्जन, समुदाय र परिस्थितीय चक्र लचकताको लागि बर्षाको पानीको संकलन” विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

Read more: आकाशे पानी संकलन र व्यवस्थापन गर्ने संकल्पसहित राष्ट्रिय सम्मेलन सम्पन्न

पानी झर्दैन, मिटर चढिरहन्छ

१४ साउन २०७६ ०६:०९:००

काठमाडौं : कार्यालय समय सुरु हुनुअघि नै आइतबार बिहान अन्नपूर्ण टोली त्रिपुरेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को मुख्य कार्यालय पुग्यो। बिहान १० बजेतिर कर्मचारी आउने क्रम पनि सुरु भयो। केयूकेल परिसरमा सरकारी गाडी गाडी थिए। त्यहाँ कर्मचारी मात्रै भएकाले हामी उपभोक्ता खोज्दै केयूकेएल शाखा थापाथली पुग्यौं।उपभोक्ता महसुल बुझाउन फाट्टफुट्ट आइरहेका थिए। उनीहरूको एउटै गुनासो थियो, ‘धारामा पानीको थोपो झर्दैन, पैसा भने महिना दिन तिर्नैपर्छ नत्र जरिबाना लाग्छ।

Read more: पानी झर्दैन, मिटर चढिरहन्छ

Page 13 of 85

Go to top