काठमाडौं, असार २३
लगनखेलको सप्तपाताल पोखरी ब्युँताउन १४ वर्षदेखि कानुनी लडाइँ लडेका पूर्ण स्थापित। तस्बिर: नारायण महर्जन/सेतोपाटी
एक वर्षअघि पूर्ण स्थापितलाई भेट्दा उनी भर्खर आइसियूबाट घर फिरेका थिए।चार दिन आइसियूमा बसेकाले ज्यान गलेको थियो, तै आत्मविश्वास डगमगाएको थिएन। उनी भन्थे, ‘लड्दा लड्दा बूढो भइसकेँ, लडाइँ सकिएको छैन। म मरे पनि लडाइँ रोकिन्न।’लगनखेलको सप्तपाताल पोखरी ब्युँताउने अभियानमा चौध वर्षदेखि अगुवाइ गर्दै आएका पूर्णलाई सोमबार लडाइँ जितेको अनुभूति भएको छ।
सर्वोच्च अदालतले पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन बाटो खोलेपछि पूर्णले प्रसन्न मुद्रामा सेतोपाटीसँग भने, ‘चौध वर्षको कानुनी लडाइँ बल्ल जितियो। यो हामी सबैको जित हो। अब यहाँ ठूलो पोखरी बन्नेछ, सहरले खुला सार्वजनिक स्थल पाउनेछ।’नमूना मच्छिन्द्र स्कुलले लामो समयदेखि सप्तपाताल पोखरीको जग्गा अतिक्रमण गरेर बसेको थियो। सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले उक्त जग्गालाई सार्वजनिकमा परिणत गर्न आदेश दिएपछि पोखरी ब्युँताउने बाटो खुलेको हो।
‘आज एकदमै खुसी हुनुहुन्छ होला है?’हाम्रो प्रश्नमा पूर्णले भने, ‘यो त सरकारकै लागि खुसीको कुरा हो, सहरको बीचमा यति राम्रो ठाउँ उपलब्ध भयो, सार्वजनिक पोखरी र पार्क बनाउन। अब यो ठाउँ हराभरा हुनेछ। मान्छेले टहल्ने, घुम्ने र खुला हावामा सास फेर्ने हरियोपरियो ठाउँ पाउनेछन्।’‘मलाई त हर्ष न विष्मात्,’ उनले अगाडि भने, ‘मैले यो जग्गा काखी च्यापेर घर लैजाने हो र, सबैका लागि पोखरी बनाउने हो।’
तपाईंहरूलाई सप्तपाताल पोखरीबारे जानकारी छैन भने थाहा पाइहाल्नुस्, पाटनको लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ। त्यहाँ पानी छैन, घाँसघारी मात्र छ।यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका ७३ वर्षीय पूर्ण कानुनी लडाइँ लडिरहेका थिए। उनले पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।
Read more: सप्तपातालका पहरेदार भन्छन्– १४ वर्षपछि लडाइँ जितेँ, अब पोखरी ब्युँताउने पालोकाठमाडौं, असार २३
घाँसघारीमा परिणत सप्तपाताल पोखरी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
सर्वोच्च अदालतले लगनखेलको सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन बाटो खोलेको छ। नमूना मच्छिन्द्रनाथ स्कुलले लामो समयदेखि पोखरीको जग्गा अतिक्रमण गरेर बसेको थियो।सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले स्कुलले मिचेको जग्गालाई सार्वजनिकमा परिणत गर्न आदेश दिएपछि पोखरी ब्युँताउन बाटो खुलेको हो।
'स्कुलले ओगटेर बसेको सप्तपाताल पोखरीको जग्गा सार्वजनिक गर्नुपर्ने हाम्रो माग थियो,' यो मुद्दामा सुरूआतदेखि नै वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सेतोपाटीसँग भने, 'सर्वोच्चले हाम्रो मागबमोजिम आदेश दिएको छ।'लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी अब चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ। त्यहाँ पानी छैन, घाँसघारी मात्र छ।पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीय १४ वर्षदेखि कानुनी लडाइँ लडिरहेका थिए।
सप्तपाताल बचाउ अभियानका अगुवा ७३ वर्षीय पूर्ण स्थापितले यसमा मुख्य भूमिका खेले। उनले पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमा सर्वोच्चमा मुद्दा हालेका थिए। एकचोटि जिते पनि। अतिक्रमण नरोकिएपछि दोस्रो रिट हालेका हुन्।
Read more: सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउने सर्वोच्चको आदेशअसार १७, २०७६
नयाँदिल्ली — पानीको अभाव चरम हुँदै गएपछि भारत सरकारले सोमबारदेखि जल सञ्चय गर्ने अभियान सुरु गरेको छ । पानीको बढ्दो संकट सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको अभियानअन्तर्गत भारत सरकारले आकाशेपानी संकलन, पानीको संरक्षण र पानीका स्रोतलाई पुनर्जीवन दिने जनाएको छ ।
पहिलो चरणमा अभियान देशका २ सय ५४ जिल्लामा सञ्चालन ल्याइने छ । इन्जिनियर र अन्य प्राविधिकहरूलाई विभिन्न १ हजार ५३९ वटा ब्लकमा खटाउने योजना छ । त्यसैगरी सरकारले सबै सांसदहरूलाई आआफ्नो क्षेत्रमा स्थानीय विकास कोषअन्तर्गत योजनाहरू छनौट गर्दा पानी संकलनसम्बन्धी योजनालाई प्राथमिकता दिनसमेत भनेको छ । साथै, पानी संरक्षणमा नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पुरस्कृत गर्ने योजनासमेत सरकारले बनाएकको भारतीय सञ्चारमाध्यमले उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै लेखेका छन् ।
Read more: पानी जोगाउन मोदीको अभियानअसार २३, २०७६: काठमाडौँ — हामीले ख्याल गर्दागर्दै पानी संकटको दशा बाजा बजाएर आउँदै छ । हिमाल र पहाडमा पानीका मुहानहरू सुक्दै छन् । घना जनसंख्या भएको काठमाडौं उपत्यकामा मात्र होइन, तराईमा पनि भूमिगत पानीको सतह घट्दै गएको छ । परारभन्दा पोहोर बढी, पोहोरभन्दा यसपालि । पछिल्लो दशकमा पानीको सतह उल्लेखनीय घटेको हो । मानव जीवनको मुख्य आधार पानीका स्रोत बर्सेनि यसरी घटिरहनु सन्निकट महासंकटको संकेत हो ।
Read more: पानी पुनर्भरणBhojpur, July 2, 2019
Acute shortage of drinking water has forced people to migrate from Manebhanjyang of Ram Prasad Rai Rural Municipality to the river banks and other villages of Bhojpur.
Manebhanjyang’s Archale, Bhorleni, Ambote, Gada, Agaute, Ranagaun and Gurans have been hard-hit by drinking water crisis. Those living in Manebhanjyang have been facing acute shortage of water for many years as water sources have gone dry.
Read more: Water crisis sparks migration in Bhojpur