News Watch

११ ढुंगेधारामा पानी झार्ने ललितपुर महानगरको तयारी

ललितपुर । ललितपुर महानगरपालिकाले सुकेका ढुंगेधारामा पुनर्निमाण गर्ने योजना अघि बढाएको छ । ढुंगेधारा संरक्षण अभियान अन्तर्गत यस्तो योजना अघि बढाएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने ‘सहरको सुन्दरता अन्तर्गत मृततुल्य ढुंगेधारामा पानी झारेर सहरलाई सुन्दर बनाउन यो काम थालेका हौं ।’

Read more: ११ ढुंगेधारामा पानी झार्ने ललितपुर महानगरको तयारी

महिनावारी स्वच्छताको बिषयलाई मिडियाले स्थान दिदैन : सञ्चार अनुगमन प्रतिवेदन

काठमाडौ : महिनावारी तथा महिनावारी स्वच्छता सम्बन्धी बिषयलाई सञ्चारमाध्यमहरुले स्थान दिदैनन् भन्ने एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडि बढाउनका लागि वाटर एडको सहयोगमा मित्र समाजले गरेको सञ्चार अनुगमन प्रतिवेदनले यस्तो देखाएको हो ।

Read more: महिनावारी स्वच्छताको बिषयलाई मिडियाले स्थान दिदैन : सञ्चार अनुगमन प्रतिवेदन

प्रबिधियुक्त र सहुलियत सार्वजनिक शौचालय निर्माण गर्दै महानगर

पानी, बत्ती, महिला सुरक्षा, अपाङ्गताको पहुँच र कमजोर पूर्वाधार सार्वजनिक शौचालयका मुख्य समस्या — अध्ययन

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्रबिधियुक्त सुबिधा सम्पन्न र सहुलियत सार्वजनिक शौचालय निर्माणलाई तीब्रता दिन आग्रह गर्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — अभाव महसुस नहुने गरी सार्वजनिक शौचालय निर्माण गर्न आग्रह गर्नुभयो ।

Read more: प्रबिधियुक्त र सहुलियत सार्वजनिक शौचालय निर्माण गर्दै महानगर

आज सातौं विश्व चर्पी दिवस, अर्थात १९ नोभेम्वर

 

सम्पूर्ण नागरिकलाई शौचालयको पहुँचमा राख्ने सन्देश प्रवाह गर्दै सातौ विश्व चर्पी दिवस मनाउन लागिएको हो । सरसफाइ र शौचालयका न्युनतम सुविधा नागरिक माझ मौलिक हकका रुपमा सुनिश्चित गर्नुपर्ने सरोकारवालाले आग्रह गरेका छन् । 

Read more: आज सातौं विश्व चर्पी दिवस, अर्थात १९ नोभेम्वर

खुल्ला दिसामुक्त नेपाल : सार्वजनिक शौचालय नहुँदा पीडा

काठमाण्डौ – देश खुल्ला दिसामुक्त क्षेत्र घोषणा भैसकेको छ । तर शहर र राजमार्गमा समेत सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ । मंगलबार विश्व चर्पी दिवस मनाइरहँदा नेपालमा सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापनको मुद्दा पेचिलो बनेको छ ।विश्वमा सन् २००१ देखि चलेको चर्पी निर्माण अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व चर्पी दिवसका रूपमा मनाउन थालेको हो ।

Read more: खुल्ला दिसामुक्त नेपाल : सार्वजनिक शौचालय नहुँदा पीडा

Page 5 of 85

Go to top