News Watch

वाग्मतीको समस्या ढलमा होइन

वैशाख ५ - २०७१ सालको अन्तिम शनिबार वाग्मती सरसफाइ अभियानको सय साता पूरा भएको उपलक्ष्यमा सुन्दरीजलदेखि चोभारसम्म वाग्मती नदीको दुवै किनारमा मानव साङ्लो बनाएर 'अबदेखि वाग्मती नदी बचाउन आआफ्नो क्षेत्रबाट काम गर्ने र फोहोर नगर्ने' सवा लाख काठमाडौंवासीले कसम खाए ।

Read more: वाग्मतीको समस्या ढलमा होइन

चर्पी बनाउन बिन्ती गर्दै सिडिओ गाउँमा

सिन्धुपाल्चोक–'तपाईँले अहिलेसम्म किन चर्पी नबनाएको? हेर्नुस् आफ्नो दिसा आफैँ खानु राम्रो होइन। बिलम्ब नगरी आफ्नै र समाजको स्वास्थ्यका लागि चर्पी बनाइ हाल्नुस्। सरसफाइ सभ्यताको प्रतिक हो भन्ने तथ्य नभुल्नुस्।'

Read more: चर्पी बनाउन बिन्ती गर्दै सिडिओ गाउँमा

पानी जोगाउन गाउँको धारामा ताला

शंकरपोखरी (पर्वत), वैशाख ३ - सम्पत्ति जोगाउन घरमा ताला लगाउने चलन पुरानै हो । यहाँका बासिन्दाले पानी जोगाउन धारामा ताला लगाउँदै आएका छन् । गाविसका १, २, ५ र ९ वडावासीको बाध्यता हो यो । हिउँदका ४ महिना खानेपानीको चरम संकट भोग्दै आएका उनीहरूले संकलनका लागि सिमेन्टका घैंटा बनाएका छन् । त्यसमा संकलित पानी उपयोगका लागि धारो छ । आवश्यकताअनुसार खोलेर पानी प्रयोग गर्छन् । वर्षाका बेला घरका छानामा जम्मा भएको पानी पाइपमार्फत घैंटामा जम्मा हुन्छ । 

Read more: पानी जोगाउन गाउँको धारामा ताला

पहिले दु:खी, अहिले खुसी

दोलखा (सुस्पाक्षमावती), वैशाख ३ - गाउँमा फैलिएको जन्डिसले तीन दशकअघि डल्ली थामीको जीवनबाट खुसी खोसेको थियो । जवानीमा श्रीमान्लाई यही रोगले चुँडेर लगेको उनी कहिल्यै बिर्सन सक्दिनन् । घरेलु उपचारले जन्डिस निको नभएपछि निकै कष्टपूर्वक श्रीमान्ले प्राण त्यागेको दु:खद् घटना डल्ली सम्झिन्छिन् । संक्रमित पानी र फोहोरबाट बच्न सके जन्डिस नलाग्ने उनले अहिलेमात्र थाहा पाएकी हुन् ।

Read more: पहिले दु:खी, अहिले खुसी

जिल्ला स्वास्थ्यले आँखा चिम्लँदा

जाजरकोटको एक गाउँमा नालाको पानी पिउँदै स्थानीय। फाइल तस्बिर : नागरिक

सुर्खेत-तालिममा सहभागी हुन सुर्खेत आएका जाजरकोट जिल्ला स्वास्थ्य कार्यालयका डा. बोम जिसीलाई मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले चैत १८ गते नै निर्देशन दियो, ‘जाजरकोटमा महामारी फैलिएको मिडियामा आयो, तपाईं तुरुन्त जिल्ला फर्केर प्रभावित क्षेत्र जानुहोला।’ 

Read more: जिल्ला स्वास्थ्यले आँखा चिम्लँदा

Page 64 of 85

Go to top