News Watch

सुकुम्बासीलाई सार्ने तयारी

काठमाडौ, चैत्र १२ - सरकारले थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासीलाई इचंगुनारायणमा स्थानान्तरण गर्ने तयारी गरेको छ। वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सरकारले निर्देशन दिएको छ। यस अनुरूप काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी  तिवारीको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन भएको छ। 

Read more: सुकुम्बासीलाई सार्ने तयारी

आजदेखि खानेपानी चोरी नियन्त्रण अभियान सुरु

चितवन, चैत १२ गते । चितवनको भरतपुर क्षेत्रमा खानेपानी चुहावट बढेको भन्दै यहाँको खानेपानी व्यवस्थापन बोर्डले चोरी नियन्त्रण अभियान सुरु गरेको छ । आजदेखि उक्त अभियान थालिएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शालिग्राम पौडेलले जानकारी दिनुभयो । चोरी गर्ने दुईजनाको पहिचान भइसकेको र आज टोली पठाएर उनीहरूको लाइन काट्ने र जरीवाना तिराएर मात्रै पानी दिने पौडेलले बताउनुभयो ।

Read more: आजदेखि खानेपानी चोरी नियन्त्रण अभियान सुरु

पानी पिउन पोलियो सेन्टर जानुपर्ने अवस्था अाउनसक्ने चेतावनी

मङ्गलबार १० चैत्र, २०७१ ; काठमाडौं– काठमाडौं उपत्यकालगायत नेपालका अधिकांश भाग सन् २०२५ भन्दापछि खानेपानीको अभावमा खण्डहरमा परिणत हुने विज्ञहरुले चेतावनी दिएका छन्। खानेपानीको समस्या विकराल बन्दै गएको र जलस्रोत व्यवस्थापनको हालकै अदूरदर्शी प्रवृत्तिलाई जारी राख्ने हो भने यस्तो समस्या आउने विज्ञहरुको चेतावनी छ।

Read more: पानी पिउन पोलियो सेन्टर जानुपर्ने अवस्था अाउनसक्ने चेतावनी

Traditional stone spouts face extinction threat Experts call for action to conserve such ancient taps which also have religious significance

HIMALAYAN NEWS, KATHMANDU:There was a time when the Kathmandu Valley boasted 389 traditional stone spouts. But now these centuries-old stone spouts, which survived even earthquakes, are under severe threat. Experts say haphazard urbanisation and population explosion could soon lead them to extinction.

Read more: Traditional stone spouts face extinction threat Experts call for action to conserve such...

एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी

दार्चुला, चैत ११ गते । दार्चुलाको भगवती गाविस– ७ न्वालपानी गाउँका स्थानीयलाई खानेपानीका लागि दुई घन्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । गाउँमा रहेको एउटा मात्र न्वालामा पानी सुकेपछि स्थानीय एक गाग्री पानी ल्याउन दुई घन्टाको दूरीमा रहेको किरमुले पुग्नुपर्ने बाध्य भएको हो ।

Read more: एक गाग्री पानीका लागि दुई घन्टा हिँड्न बाध्य न्वालपानीवासी

Page 66 of 85

Go to top