असार ३०, २०७६
ललितपुर — हरेक वर्ष बर्खामा कुपण्डोल, कुमारीपाटी, जावलाखेल क्षेत्र डुबानमा पर्छ । कहिलेकाहीं सडकमा अत्यधिक पानी जम्ने कारणले यातायात घण्टौं अवरुद्ध हुने गरेको छ ।
विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र महापाल चोकको अवस्था त्योभन्दा दयनीय छ । प्रायले जनसंख्या वृद्धिसँगै मल्लकालीन र राणाकालीन ढल फेर्न नसक्नु यसको प्रमुख कारण ठान्छन् । वास्तविकता अर्कै छ । जल सम्पदासम्बन्धी ज्ञान र स्थानीय आवश्यकताको बेवास्ता गरेर विदेशी सिकोमा डिजाइन गरिएका ह्युमपाइपराख्नु समस्याको मुख्य जड भएको बुद्धिजीवी बताउँछन् ।पानी विज्ञ पद्मसुन्दर जोशी भन्छन्, ‘पाटन उपत्यकाका तीनमध्ये सबभन्दा पुरानो व्यवस्थित सहर मानिन्छ । यहाँ पुर्खाले बस्ती डुबान पर्नबाट बचाउन राजकुलो र ठाउँ ठाउँमा पोखरी बनाएका हुन् । बर्खाको पानी कुलो हुँदै पोखरीमा जम्मा हुन्थे । पछिल्लो समय राजकुलो र पोखरी मासिए । महानगरले मल्लकालीन स्टिमको बेवास्ता गरी ह्युमपाइप बिछ्याइए । यसले पानी पोखरीमा जानबाट रोकेपछि समस्या निम्त्याएको हो ।’
Read more: उपत्यका डुबान : पोखरी मासिँदा बस्तीमै तालआइतबार, २२ असार २०७६
काठमाडौं- खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन्। उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन्। यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन।
खानेपानीमा निजी क्षेत्रलाई पनि समावेश गराउने र यसलाई बिजुली जस्तै निर्यात गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ। पानी पिउन पाउने नागरिकको मौलिक हकका रूपमा संविधानमा गरिएको व्यवस्थाअनुसार पानीको वितरण, गुणस्तर, शुल्क निर्धारणजस्ता विषय समेटेर कानुन बनाइएको छ। कसैले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यावसायिक उपयोग गर्न वा गराउन चाहेमा यस ऐन बमोजिम अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ।
Read more: खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश, विदेशमा खानेपानीको निर्यातकाे बाटो खुल्नेअसार २४, २०७६
काठमाडौँ — सार्वजनिक पोखरीलाई पुनर्जीवन दिने स्थानीयवासीको डेढ दशक लामो कानुनी संघर्षलाई सर्वोच्च अदालतले सहारा दिएको छ ।ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन माग गर्ने स्थानीय अगुवाहरूका पक्षमा सर्वोच्चले सोमबार आदेश दिएको हो ।
न्यायाधीशद्वय दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले पोखरीको जग्गाबाट बनेका विद्यालयसहितका भवन संरचना हटाउन माग गर्ने स्थानीयको रिटका पक्षमा आदेश गरेको हो । पोखरी अतिक्रमण गर्दै जाँदा सबभन्दा पछिल्लोपल्ट त्यसको जग्गा अतिक्रमण गरी नमुना मच्छिन्द्रनाथ स्कुल सञ्चालन हुँदै आएको छ । अब स्कुलको नाममा रहेको जग्गालाई सार्वजनिकमा परिणत गरी पोखरी बनाउन सकिने छ । स्थानीय अगुवाहरूका अनुसार पोखरी १४ रोपनीभन्दा बढी फैलिएको थियो । चारैतिरबाट मिचिएकाले हाल डेढ–दुई रोपनी जग्गा मात्र बचेको छ ।त्यहाँ पानी छैन, घाँस मात्र छ ।
Read more: सप्तपाताललाई सर्वोच्चको साथअसार २५, २०७६
अतिक्रमणमा परेको पोखरीलाई सर्वोच्च अदालतले सोमबार पुरानै स्वरुपमा फर्काउनुपर्ने फैसला गरेको थियो । फैसलापछि स्थानीय खुसी छन् र पूर्ववत् अवस्थामा फर्काउन जुट्ने भएका छन् ।ललितपुर — सप्तपाताल पोखरीको बेग्लै विशेषता थियो । यसले दिनभरिमा आफ्नो रूप फेरिरहन्थ्यो । अशोक स्तूपको छायाले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्थ्यो । अर्को विशेषता पनि थियो । यो पोखरी घाम झुल्कँदा र अस्ताउँदाको दृश्यमा बेग्लै चमक । अन्यत्र नपाइने छुट्टै जातको माछा पनि पाइन्थ्यो । पाटनका पुराना बासिन्दाका लागि यी सब सम्झना मात्र बनेको छ ।
यिनैमध्ये एक पर्छन् स्थानीय ७३ वर्षीय पूर्ण स्थापित । भन्छन्, ‘सानै छँदा साथीभाइसँग मिलेर माछा मार्न जान्थेँ । चौरमा बसेर पोलेर पनि खान्थेँ ।’ उनका अनुसार पोखरीको पानी गर्मीयाममा चिसो र जाडोमा न्यानो हुन्थ्यो । पौडी खेल्ने, लुगा धुने नुहाउनेको भीड हुन्थ्यो ।’
Read more: सप्तपाताल पुरानै स्वरूपमा बन्नेकाठमाडौं, असार २३
लगनखेलको सप्तपाताल पोखरी ब्युँताउन १४ वर्षदेखि कानुनी लडाइँ लडेका पूर्ण स्थापित। तस्बिर: नारायण महर्जन/सेतोपाटी
एक वर्षअघि पूर्ण स्थापितलाई भेट्दा उनी भर्खर आइसियूबाट घर फिरेका थिए।चार दिन आइसियूमा बसेकाले ज्यान गलेको थियो, तै आत्मविश्वास डगमगाएको थिएन। उनी भन्थे, ‘लड्दा लड्दा बूढो भइसकेँ, लडाइँ सकिएको छैन। म मरे पनि लडाइँ रोकिन्न।’लगनखेलको सप्तपाताल पोखरी ब्युँताउने अभियानमा चौध वर्षदेखि अगुवाइ गर्दै आएका पूर्णलाई सोमबार लडाइँ जितेको अनुभूति भएको छ।
सर्वोच्च अदालतले पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन बाटो खोलेपछि पूर्णले प्रसन्न मुद्रामा सेतोपाटीसँग भने, ‘चौध वर्षको कानुनी लडाइँ बल्ल जितियो। यो हामी सबैको जित हो। अब यहाँ ठूलो पोखरी बन्नेछ, सहरले खुला सार्वजनिक स्थल पाउनेछ।’नमूना मच्छिन्द्र स्कुलले लामो समयदेखि सप्तपाताल पोखरीको जग्गा अतिक्रमण गरेर बसेको थियो। सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले उक्त जग्गालाई सार्वजनिकमा परिणत गर्न आदेश दिएपछि पोखरी ब्युँताउने बाटो खुलेको हो।
‘आज एकदमै खुसी हुनुहुन्छ होला है?’हाम्रो प्रश्नमा पूर्णले भने, ‘यो त सरकारकै लागि खुसीको कुरा हो, सहरको बीचमा यति राम्रो ठाउँ उपलब्ध भयो, सार्वजनिक पोखरी र पार्क बनाउन। अब यो ठाउँ हराभरा हुनेछ। मान्छेले टहल्ने, घुम्ने र खुला हावामा सास फेर्ने हरियोपरियो ठाउँ पाउनेछन्।’‘मलाई त हर्ष न विष्मात्,’ उनले अगाडि भने, ‘मैले यो जग्गा काखी च्यापेर घर लैजाने हो र, सबैका लागि पोखरी बनाउने हो।’
तपाईंहरूलाई सप्तपाताल पोखरीबारे जानकारी छैन भने थाहा पाइहाल्नुस्, पाटनको लगनखेल बसपार्कनिर अशोक स्तूपसँगै कुनै बेला १४ रोपनीभन्दा ठूलो पोखरी थियो। ‘सप्तपाताल’ भनिने यो पोखरी चारतिरबाट मिचिएर डेढ–दुई रोपनी मात्र बचेको छ। त्यहाँ पानी छैन, घाँसघारी मात्र छ।यही पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका ७३ वर्षीय पूर्ण कानुनी लडाइँ लडिरहेका थिए। उनले पोखरी अतिक्रमण बन्द गराउन २०६१ सालमै सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।
Read more: सप्तपातालका पहरेदार भन्छन्– १४ वर्षपछि लडाइँ जितेँ, अब पोखरी ब्युँताउने पालो