Water

अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

मङ्गलबार, १५ साउन २०७५, ०८ : ५९ |  केशव शर्मा / डा. गोविन्द कार्की

काठमाडौँ उपत्यकाको बढ्दो अनियन्त्रित सहरीकरणका कारण भूकम्पीय तथा आगोलागीको जोखिम, नदीनालाहरूको अतिक्रमण, डुबान तथा फोहोरमैलाको समस्या आदि चर्चा धेरै हुने गरे तापनि उच्च दोहन तथा न्यून मात्रामा पानी पुनःभरणको कारणले गर्दा भूमिगत पानीको मात्रा घट्दो छ

Read more: अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....

पानीमा पनि भ्याट

श्रावण ११, २०७५प्रशान्त माली

ललितपुर — गोदावरीबाट पानी लिएर आएका टयांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी टयांकरसँग कर उठाउँछन् ।

त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो टयांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ ।

Read more: पानीमा पनि भ्याट

७१ प्रतिशत पानीमा कोलिफर्म

असार १५, २०७५कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो ।

Read more: ७१ प्रतिशत पानीमा कोलिफर्म

महानगरपालिकाकै शौचालयको ढल सीधै विष्णुमतिमा

२६ असार २०७५, मंगलवार १५:२१

      काठमाडौ : काठमाडौ उपत्यकाभित्रका नदीनालाहरुमा हरेक हप्ताको शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएको त पाँच बर्ष भइसकेको छ । तर कानुन कार्यान्वयन गराउने निकाय काठमाडौ महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको ढल समेत सीधै नदीमा मिसाइएको छ ।

काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा रहेको सार्वजनिक शौचालयको ढल सीधै विष्णुमतिमा मिसाएको पाइएको हो । पुरुषको चार र महिलाको दुई गरी ६ वटा शौचालयको दिसापिसाब ढल मार्फत सीधै विष्णुमतिमा पठाउने गरिएको छ ।

विष्णुमति किनारमा बनाएको सार्वजनिक शौचालय (पछिल्तिरको भाग)

Read more: महानगरपालिकाकै शौचालयको ढल सीधै विष्णुमतिमा

बोरिङ गर्न छाडे ढुङ्गेधारामा २४ सै घण्टा पानी

ललितपुर : ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण संघका अध्यक्ष सुशील श्रेष्ठले बोरिङ गर्न बन्द गरेको एक बर्ष भित्र ललितपुरको ढुङ्गे धारामा पानी बहने बताउनुभएको छ । सिथी नखः पर्वको अवसरमा ललितपुर महानगरपालिकाको वडा नं. १६ मा भएको कार्यक्रममा श्रेष्ठले ढुङ्गे धाराकै मुहानमा बोरिङ गरेकाले ढुङ्गे धाराहरु सुक्दै गएको बताउनुभयो ।

Read more: बोरिङ गर्न छाडे ढुङ्गेधारामा २४ सै घण्टा पानी

Page 12 of 29

Go to top