काठमाडौ, चैत्र ४ - अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिले वाग्मती नदी सरसफाइको सय हप्ता विशेष सफाइ अभियानसाथ मनाउने तयारी गरेको छ। चैत २८ मा सरसफाइ अभियानको सयौं हप्ता पुग्दैछ। सरकारले वाग्मतीलाई सात खण्डमा विभाजन गरी सयौं हप्ताको विशेष सफाइ अभियान चलाउने भएको छ। यसका लागि जल तथा ऊर्जा आयोगका सचिव गजेन्द्रकुमार ठाकुरको संयोजकत्वमा वाग्मती सरसफाइ समिति गठन गरिएको छ।
Read more: वाग्मती सफाइको सय हप्ता मनाइनेबुधबार ४ चैत्र, २०७१ ; काठमाडौ महानगरवासी बारम्बार आफूलाई फोहरको थुप्रोका बीचमा पाउँछन्। कहिले कुनै राजनीतिक दल विशेषको अगुवाइमा फोहर सडकबाट उठाइँदैन भने कहिले फोहर फाल्ने कामदार र मजदुरले विभिन्न माग राखेर घरघरबाट फ्याँकिएका फोहर सडकमै सडेर सम्पूर्ण वातावरण दूषित बनाइदिन्छन्।
Read more: फोहरको समस्याकाठमाडौ, चैत्र २ - काठमाडौं महानगरपालिकाका कर्मचारीहरू र प्रशासनबीच सहमति भएपछि सोमबार बिहानदेखि राजधानीको फोहोर उठ्न थालेको छ । नुवाकोटको सिसडोलको ल्यान्डफिल्ड साइटमा स्थानीय बासिन्दाले पुर्याएको अवरोध पनि राति अबेरसम्मको वार्तामा सहमति भएपछि हटेको छ ।
Read more: फोहोर उठ्न थाल्यो, ल्यान्डफिल्ड साइटमा अझै अवरोधबुधबार ४ चैत्र, २०७१ ; काठमाडौं-सरकारले प्रहरी परिचालन गरेर काठमाडौंको फोहर मंगलबारदेखि सिसडोल लैजान थालेको छ। करिब एक साताअघि ४ वर्षे बालकलाई फोहर बोक्ने निजी ट्रकले किचेर मारेपछि स्थानीय त्यस क्षेत्रमा अवरोध गरेका थिए। प्रहरी परिचालन गरेपछि दिउँसो १२ बजेदेखि फोहर सिसडोल लैजान थालिएको हो। मंगलबार संकलन भएको फोहरको करिब २५ प्रतिशत मात्र सिसडोल पुर्या इएको छ।
Read more: प्रहरी स्कर्टिङमा फोहर सिसडोलकाठमाडौ, चैत्र १ - काठमाडौं महानगरपालिका सहित उपत्यकाका नगरका कर्मचारीहरूले सुरक्षाको कारण देखाएर आइतबार चौथो दिन पनि फोहोर उठाएनन् । राजधानीका प्रमुख चोकहरूमा फोहोर थुपि्रन थालेको छ, दुर्गन्ध फैलन थालेको छ ।
Read more: चौथो दिन पनि फोहोर उठेन