Sanitation

महानगरमा 'स्मार्ट’ शौचालय

हरेकमा सेनेटरी प्याड, पर्याप्त पानी, बत्ती र शौच गर्ने ठाउँ सुविधाजनक हुनेछन् । महिला, पुरूष र अपांगता भएकाहरुका लागि फरक–फरक हुनेछन् भने मोबाइल एप र अटोमेटिक बिलिङ मेसिनमार्फत शुल्क तिर्ने सुविधा हुनेछ 

फाल्गुन २८, २०७५राजेन्द्र मानन्धर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सहरभित्र अत्याधुनिक सुविधासहितको ‘स्मार्ट’ शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खडगी श्रेष्ठको अध्यक्षतामा बनेको समितिले शौचालयहरूलाई सेनेटरी प्याड, पानी, बत्ती, साबुनको व्यवस्थासहित स्वचालित उपकरणयुक्त बनाउन अन्तिम खाका तयार गरेको छ ।समिति बैठकले नयाँ बन्ने ५९ र पुराना ५८ शौचालयबारे गरिएका अध्ययन प्रतिवेदनका आधारमा कार्य अघि बढाइएको उपमेयर श्रेष्ठले बताइन् ।

Read more: महानगरमा 'स्मार्ट’ शौचालय

ललितपुरको वडै पिच्छे सार्वजनिक शौचालय बनाइने

२० फाल्गुन २०७५, सोमबार १५:३९
ललितपुर : ललितपुर महानगरपालिकाले स्थानीयवासी र स्थानीय सङ्घ संस्थाको सहकार्यमा वडै पिच्छे सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ ।

महानगरभित्र अति आवश्यक स्थानमा शौचालय नभएपछि स्थानीयवासीलाई सहभागी गराएर वडा पिच्छे शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ । महानगरमा शौचालय अपर्याप्त रहेको र भएका पनि फोहर रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।

Read more: ललितपुरको वडै पिच्छे सार्वजनिक शौचालय बनाइने

क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण

१६ माघ २०७५, बुधबार १९:२४
काठमाडौ : नेपालका लागि क्यानडाकी उप राजदूत Soyoung Park ले रत्नपार्क स्थित सार्वजनिक शौचालयको अवलोकन भ्रमण गर्नुभएको छ । उप राजदूत Park ले महिलामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबाट आएको टोलीलाई एरोसान(AEROSAN) का राष्ट्रिय प्रतिनिधी प्रकाश अमात्यले शौचालयको सबै संरचनाको बर्णन गर्नुभएको थियो ।

Read more: क्यानडाकी उप राजदूतले गरिन् रत्नपार्कको शौचालयको अवलोकन भ्रमण

57 public toilets for millions of people in KMC

February 3, 2019 07:30 AM SHUVAM DHUNGANA

KATHMANDU, Feb 3: Kathmandu Metropolitan City is mired in toilet crisis as the capital struggles to accommodate its growing population lured by job opportunities and other facilities. There are only 57 public toilets, more than half of them in need of immediate repair, in KMC which is home to millions of people.
This acute shortage of public toilets can trigger a sanitation disaster that could put thousands of lives at risk, experts have warned.

Read more: 57 public toilets for millions of people in KMC

शौच गर्न सास्ती !

माघ १७, २०७५प्रशान्त माली


काठमाडौँ — शौचालय नभएका होइनन् । राजधानीमा यत्रतत्र छन्, भएर के गर्ने ? भित्र पस्नै नसकिने । कुपन्डोल–त्रिपुरेश्वर–कलंकी राजधानीको व्यस्त सडक हो । झन्डै ५ किमि लामो सडकमा सार्वजनिक शौचालय छैन । ४ वटा पेट्रोल पम्प छन् । कुनैमा पनि उपभोक्तालाई लक्षित गरेर शौचालय व्यवस्थापन गरिएको छैन ।
खुलामञ्चको छेउमा रहेको सर्वजानिक शौचालय ।

Read more: शौच गर्न सास्ती !

Page 7 of 24

Go to top