Water

Water crisis hits Dhankuta

Dhankuta, 21 July,2019

People have been reeling under acute drinking water crisis after the flood cause by incessant rainfall swept away water pipes in the district headquarters of Dhankuta.Water was supplied to the locals of Ward No 7 of Dhankuta Municipality from the confluence of Lungdhang and Nibuwa Khola via pumping system.

Read more: Water crisis hits Dhankuta

मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

आइतवार, साउन ५, २०७६

काठमाडौँ, साउन ५ गते । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन । काम फटाफट भएमा अझै डेढ वर्ष कुर्नुपर्ने देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको आवश्यक निर्माण कार्य गर्न मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएपछि आयोजनाले निर्माणको बाँकी काम गर्न गएको जेठ १७ गते बोलपत्र गरेको छ ।

Read more: मेलम्ची खानेपानी अझै डेढ वर्ष कुर्नुपर्ने

उपत्यका डुबान : पोखरी मासिँदा बस्तीमै ताल

असार ३०, २०७६

ललितपुर — हरेक वर्ष बर्खामा कुपण्डोल, कुमारीपाटी, जावलाखेल क्षेत्र डुबानमा पर्छ । कहिलेकाहीं सडकमा अत्यधिक पानी जम्ने कारणले यातायात घण्टौं अवरुद्ध हुने गरेको छ ।

 

विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्र र महापाल चोकको अवस्था त्योभन्दा दयनीय छ । प्रायले जनसंख्या वृद्धिसँगै मल्लकालीन र राणाकालीन ढल फेर्न नसक्नु यसको प्रमुख कारण ठान्छन् । वास्तविकता अर्कै छ । जल सम्पदासम्बन्धी ज्ञान र स्थानीय आवश्यकताको बेवास्ता गरेर विदेशी सिकोमा डिजाइन गरिएका ह्युमपाइपराख्नु समस्याको मुख्य जड भएको बुद्धिजीवी बताउँछन् ।पानी विज्ञ पद्मसुन्दर जोशी भन्छन्, ‘पाटन उपत्यकाका तीनमध्ये सबभन्दा पुरानो व्यवस्थित सहर मानिन्छ । यहाँ पुर्खाले बस्ती डुबान पर्नबाट बचाउन राजकुलो र ठाउँ ठाउँमा पोखरी बनाएका हुन् । बर्खाको पानी कुलो हुँदै पोखरीमा जम्मा हुन्थे । पछिल्लो समय राजकुलो र पोखरी मासिए । महानगरले मल्लकालीन स्टिमको बेवास्ता गरी ह्युमपाइप बिछ्याइए । यसले पानी पोखरीमा जानबाट रोकेपछि समस्या निम्त्याएको हो ।’

Read more: उपत्यका डुबान : पोखरी मासिँदा बस्तीमै ताल

पहिला पोखरी अहिले पार्किङ

श्रावण १, २०७६ (ललितपुर) — नेपाल भाषामा पलेस्वाँ पुखु भनिने सप्तपाताल पोखरीमा ललितपुर महानगरपालिकाले पार्किङ सञ्चालन गर्न ठेक्का दिएको छ । यसको विरुद्धमा पाटनबासीले विरोध जनाएका छन् । सप्तपाताल पोखरी लगनखेलस्थित अशोक थुरको सान हो ।

Read more: पहिला पोखरी अहिले पार्किङ

खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश, विदेशमा खानेपानीको निर्यातकाे बाटो खुल्ने

आइतबार, २२ असार २०७६

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा सरसफाइ विधेयक २०७५ संसदमा पेश गरेकी छिन्। उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउनुपर्ने प्रावधान राखेर मन्त्री मगरले खानेपानी सम्बन्धी छुट्टै कानुन आइतबार संसदमा पेश गरेकी हुन्। यसअघि खानेपानी र सरसफाइसम्बन्धी छुट्टै कानुन थिएन। 

 

खानेपानीमा निजी क्षेत्रलाई पनि समावेश गराउने र यसलाई बिजुली जस्तै निर्यात गर्न सकिने प्रावधान विधेयकमा राखिएको छ। पानी पिउन पाउने नागरिकको मौलिक हकका रूपमा संविधानमा गरिएको व्यवस्थाअनुसार पानीको वितरण, गुणस्तर, शुल्क निर्धारणजस्ता विषय समेटेर कानुन बनाइएको छ। कसैले खानेपानी तथा सरसफाइ सेवा प्रदान गर्न, आयोजना वा सेवा प्रणालीको सर्भेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न र खानेपानीको स्रोतको सार्वजनिक, संस्थागत तथा व्यावसायिक उपयोग गर्न वा गराउन चाहेमा यस ऐन बमोजिम अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। 

Read more: खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश, विदेशमा खानेपानीको निर्यातकाे बाटो खुल्ने

Page 1 of 24

Go to top