ढुंगेधारा मासिँदै

भक्तपुर, फाल्गुन २४ - मध्यपुरथिमी नगरपालिका सिद्धिकालीस्थित मल्लकालीन ढुंगेधारा स्थानीयवासीको फोहोर फाल्ने ठाउँमा परिणत भएको छ । कुनै समय भक्तपुरवासीको खानेपानीको मुख्य स्रोत ढुंगेधारा थिए । तर, अहिले न तिनको प्रयोग छ न संरक्षण छ । 

कलात्मक ढुंगेधाराबाट अहिले पानी बग्न छोडेको छ । 'जहाँ पाटी त्यहाँ ढुंगेधारा' भन्ने परम्परा बोकेको समाजमा अहिले त्यसलाई महत्त्व नदिँदा र मर्मतसम्भार नगर्दा जीर्ण बन्दै गएको मध्यपुरथिमी नगरपालिका सिद्धिकालीका रामेश्वर प्रजापतीले बताए । 'इतिहास बोकेका सम्पदा संरक्षण अभावमा छन्,' उनले भने, 'सम्बन्धित निकायको आँखा पुग्न सकेको छैन ।' मध्यपुरथिमी नगरपालिकामा पुरातात्त्विक महत्त्व बोकेका ७० कलात्मक ढुंगेधारामध्ये ७ ढुंगेधारा पुरिइसकेका छन् । मध्यपुरथिमी, लावाडोल, हिटी र कमेरोटार जग्गा एकीकरणका क्रममा कतिपय ढुंगेधारा पुरिएको स्थानीयवासीले बताए । 

Go to top