काकाकुल नाकावासी

दाङ(देउखुरी), चैत ४ गते । चर्कीदो गर्मी संगै नेपाल–भारत सीमा क्षेत्र अन्र्तगत नेपाली गाउँमा पानीको हाहाकार मच्चिन थालेको छ । मुहानहरु सुक्न थालेका छन् । मुसीनाकाको धाराहरुमा पानी आउन छाडेको वर्षदिन भइसक्यो । वोक्सरे भन्ने स्थान नजिकै पहीरोले खानेपानीको पाईप बगाईदिएपछी मुसिनाकाका स्थानीयहरु खानेपानीको चरम समस्या भोग्न वाध्य भएको स्थानीय रामबहादुर घर्तिले जानकारी दिनुभयो । मुसीनाकामा खानेपानीको आयोजना यस अघि सञ्चालनमा थियो । पानीको मुहान नजिकै पहीरोले पाईप वगाएपछी मर्मत गर्न नसक्दा स्थानीय पानीको अभावमा काकाकुल बनेका छन् ।

खानेपानीको समस्या मुसीनाकाको मात्रै समस्या होईन् । खानेपानीको समस्या दाङ जिल्लाका २२ नाकामा बसोवास गर्ने मानिसहरुको मुख्य समस्या हो । पटौली, खांग्रा, कल्याणपु, गढौल, अन्तरखाल, गुरुङ नाका, सुकौली, सिरिया लगायतका नाकाहरुमा खानेपानीको चरम अभाव छ । कोईलावास बजारमा खानेपानीको समस्या पुरानो भैसक्यो तर, अहीले सम्म समाधान हुन सकेको छैन् । कुवा सुकेको छ । वर्षेनी कोईलावास गाविसमा खानेपानीको आयोजना भन्दै लाखौं बजेट विनियोजन भएपनि यहाँका नागरिकले पानीको मुहार कहीलै देख्न पाएका छैनन् । आर्थिक वर्ष ०७२/७३ का लागी जिल्ला विकास समिति दाङले ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम अन्र्तगत कोईलावास गाविसमा खानेपानी आयोजनाका लागी ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । कोईलावास गाविसमा मात्रै खानेपानीको आयोजना सञ्चालनका कुराहरु सुनिएपनि अन्य नाकाका वासिन्दा खोला र जरुवाको पानी खान वाध्य छन् ।

Go to top