पहिलो वास एक्सपो सुरु

काठमाडौं, (नेस) ; खानेपानी र सरसफाई क्षेत्रमा भएका अवसरहरूलाई विस्तार गर्ने उद्देस्यले बुधबार भक्तपुरको नगरकोटमा पहिलो वास एक्सपो सुरु भएको छ। दुईदिनसम्म सञ्चालन हुने सो एक्स्पोको उद्घाटन गर्दै शहरी विकास मन्त्री नारायण खड्काले खानेपानी , स्वास्थ्य र सरसफाई मानिसको जिवनमा अपरिहार्य भएकोले यसको पहुँचलाई सर्वव्यापी बनाउनुपर्ने बताउनुभयो।

खानेपानी, स्वास्थ्य र सरसफाई राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र गौरवसंग जोडिएका विषय हुन् मन्त्री खड्काले भन्नुभयो,“राष्ट्रको महत्वर्पूण जिम्मेवारी ठानेर यी विषयलाई व्यापक बनाई सर्वसाधरणको पँहुचमा पु¥याउनु जरुरी छ।”
अहिले पनि ५० लाख नेपाली खानेपानीको सहज पँहुच तथा एक करोड नेपाली सरसफाईको पहुँचबाट टाढा रहेको उल्लेख गर्दै मन्त्री खड्काले स्वास्थ्य , सरसफाई र खानेपानी क्षेत्रमा लाग्ने संघसस्था तथा व्यक्तिले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। खानेपानीका नयाँ –नयाँ प्रविधीहरू भित्रियपनि पानीको श्रोतहरू सुक्ने क्रम तिब्र रहेको भन्दै मन्त्री खड्काले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। खानेपानी र सरसफाईमा ठूलो धनरासी खर्च भईरहेको छ , अर्कोतिर पानीका मुहानहरू सुक्दै गइरहेका छन् मन्त्री खड्काले भन्नुभयो,“अब पानीको श्रोतलाई बचाउने, प्रयोगकर्ताका स्वच्छ पानी पु¥याउने हामीसामू ठूलो चुनौति रहेको छ।”

खानेपानीको समस्याको कारण मानिसहरू बसाँइ सर्नुपर्ने अवस्था आएको भन्दै उहाँले त्यसलाई रोक्न सहज ढंगले खानेपानी वितरण हुनुपर्नेमा जोड दिनुभयो। नेपाल जलश्रोतको धनी देश भनेर चिनिय पनि त्यसको सही प्रयोग हुन नसकेको भन्दै उहाँले अब पानीलाई सही प्रयोग गरेर उपभोग गर्नुपर्छ भन्नुभयो।

शहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले सरसफाई तथा खानेपानी क्षेत्रमा जति विकास गर्नुपर्ने हो त्यति काम गर्न नसकेको बताउनुभयो। उहाँले सरसफाई र खानेपानी सम्बन्धि नीति, रणनीतिहरू बनेपनि कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयन गर्नुपर्ने आवस्यकता औंल्याउनुभयो। हामीले जिल्ला जिल्लामा खुला दिशामुक्त क्षेत्र घोषणा गरेका छौं सचिव कार्कीले भन्नुभयो,“तर खास कार्यान्वयन हुन सकेको छैन।” सचिव कार्कीले पाइप विच्छ्याएर धारा बनाउँदैमा नहुने भन्दै त्यहाँ निरन्तर पानी पनि आउनुपर्छ भन्नुभयो।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामदिप शाहले नेपालमै पहिलोपटक विभिन्न सरसफाइका क्षेत्रमा आएका नवीनतम प्रविधि र खानेपानी सम्बन्धी जानकारी दिने उद्देस्यले वास एक्स्पोको आयोजना गरिएको जानकारी दिनुभयो। सो एक्सपोमा निजी क्षेत्रमार्फत खानेपानी तथा सरसफाई सम्बन्धी बजारमा आएका पाइप, पानी ट्याङ्की, सरसफाई र खानेपानी सम्बन्धी औजार, सरसफाई सम्बन्धी वस्तुहरू प्रदर्शनीमा राखिएको थियो। एक्सपोमा ३० वटा स्टलहरू रहेका छन्। March 19, 2015

Go to top