खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको दोस्रो राष्ट्रिय शिखर सम्मेलन सुरु

काठमाडौँ, ५ चैत ; खानेपानी तथा सरसफाई उपभोक्ता महासङ्घको दोस्रो राष्ट्रिय शिखर सम्मेलन आजदेखि सुरु भएको छ । दिगोपनका लागि सुचारुपन, सुशासन र प्रभावकारी लैङ्गिक सहभागितालाई विशेष जोड दिने, खानेपानी सरसफाइ र स्वच्छताको विकासमा आएका बाधा अड्चनलाई नीति निर्माता, नीति कार्यान्वयन पक्ष, उपभोक्ता र दातृ निकायको संयुक्त पहलमा फुकाई राष्ट्रिय लक्ष्य प्राप्तिमा काम गर्ने उद्देश्यका साथ उक्त सम्मेलन सुरु भएको हो ।

सम्मेलनको आज यहाँ उद्घाटन गर्दै सहरी विकास मन्त्री डा नारायण खड्काले सञ्चालित खानेपानी थप व्यवस्थित गरी पुराना र अवरुद्ध आयोजनालाई थप मर्मतसम्भार गर्नुपर्ने बताउनुभयो । महासङ्घका अध्यक्ष राजेन्द्र अर्यालले सन् २०१७ सम्ममा सबैलाई खानेपानी र सरसफाईको आधारभूत सेवा प्रदान गर्ने लक्ष्यअनुसार काम गरिएको बताउनुभयो । सम्मेलनमा जलवायु परिवर्तनको असर र यसको न्यूनीकरण, ग्रामिण तथा सहरी खानेपानीको सुचारुपनका लागि देशभरको खानेपानी र सरसफाइको स्थितिका बारेमा समीक्षा गरी भावी योजना सञ्चालनका लागि छलफल हुने महासङ्घले जनाएको छ । देशभरका ४०० प्रतिनिधि सहभागी भएको सम्मेलनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

Go to top