News Watch

Municipal Building Bylaws

Read more: Municipal Building Bylaws

सप्तपातालमा ‘कुनै पनि भौतिक संरचना नबनाउनू’

सेतोपाटी संवाददाता

काठमाडौं, जेठ २५


मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर पाताललोकमा नाग देउतालाई सन्देश पठाउन यही जेठ १९ गते लगनखेलको सप्तपातालमा एकजोडी माछा छाडिँदै। अतिक्रमणले सप्तपाताल पोखरी मासिएपछि स्थानीयले खाल्डो खनेर माछा छाडेका हुन्। तस्बिर सौजन्य: प्रकाश अमात्य

Read more: सप्तपातालमा ‘कुनै पनि भौतिक संरचना नबनाउनू’

खोइ लगनखेलको १४ रोपनी सप्तपाताल?

सुदीप श्रेष्ठकाठमाडौं, जेठ ८

स्वर्गलोकमा इन्द्र देउतालाई सन्देश पठाउनुछ, मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर।

त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउनुछ।

बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को साइत जुरेको छ। साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजान्छ।

Read more: खोइ लगनखेलको १४ रोपनी सप्तपाताल?

प्लास्टिक, साइकल र वातावरण दिवस

सुधन सुवेदी

सरकारले प्लास्टिकको प्रयोग बन्द गर्न कडा कदम चाल्यो, प्लास्टिकलाई पसलहरुमा निषेध गरिए। केही समय यसको प्रभाव देखिए, किनमेल गर्न निस्कदाँ घरबाटै कपडा वा जुटका ब्याग बोकेर लिएर आउने पनि बढे।

Read more: प्लास्टिक, साइकल र वातावरण दिवस

छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

आकाशे पानीलाई संकलन गरेर पुन प्रयोग गर्न वा जमिनमुनि पठाउने विकल्पमा काम गर्न आग्रह

 चन्द्रमणि भट्टराई
जेठ २४

काठमाडौं । काठमाडौं महानगरको वडा नंं २ ले घरधनीलाई छतको पानी सडकमा खसाउने पाइप हटाउन ७ दिने समय दिएको छ । जेठ २१ गते वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले घरधनीका नाममा काट्नु भएको पत्रमा भनिएको छ — “तपाईको घरको छानाको पानी पाइप राखी सडकमा खसालिएको देखिएको र सो कारण सडक भत्किनुका साथै, बाटोमा हिँड्ने बटुवालाई समेत असुविधा हुने भएको हुँदा पत्र प्राप्त भएको मितिले ७ दिनभित्र आफैं हटाउनु हुन जानकारी गराउँदछु ।” सोही पत्रबाट तोकिएको अवधिमा घरधनीले पाइप नहटाए, वडाले गएर पाइप हटाइदिने र यसरी हटाउँदा लागेको खर्च घरधनीबाट असुलउपर गरिने व्यहोरा उल्लेख छ ।

Read more: छतको पानी सडकमा खसाल्नेलाई पाइप हटाउन ७ दिने समय

Page 30 of 85

Go to top