News Watch

प्रहरी स्कर्टिङमा फोहर सिसडोल

बुधबार ४ चैत्र, २०७१ ; काठमाडौं-सरकारले प्रहरी परिचालन गरेर काठमाडौंको फोहर मंगलबारदेखि सिसडोल लैजान थालेको छ। करिब एक साताअघि ४ वर्षे बालकलाई फोहर बोक्ने निजी ट्रकले किचेर मारेपछि स्थानीय त्यस क्षेत्रमा अवरोध गरेका थिए। प्रहरी परिचालन गरेपछि दिउँसो १२ बजेदेखि फोहर सिसडोल लैजान थालिएको हो। मंगलबार संकलन भएको फोहरको करिब २५ प्रतिशत मात्र सिसडोल पुर्या इएको छ।

Read more: प्रहरी स्कर्टिङमा फोहर सिसडोल

काकाकुल नाकावासी

दाङ(देउखुरी), चैत ४ गते । चर्कीदो गर्मी संगै नेपाल–भारत सीमा क्षेत्र अन्र्तगत नेपाली गाउँमा पानीको हाहाकार मच्चिन थालेको छ । मुहानहरु सुक्न थालेका छन् । मुसीनाकाको धाराहरुमा पानी आउन छाडेको वर्षदिन भइसक्यो । वोक्सरे भन्ने स्थान नजिकै पहीरोले खानेपानीको पाईप बगाईदिएपछी मुसिनाकाका स्थानीयहरु खानेपानीको चरम समस्या भोग्न वाध्य भएको स्थानीय रामबहादुर घर्तिले जानकारी दिनुभयो । मुसीनाकामा खानेपानीको आयोजना यस अघि सञ्चालनमा थियो । पानीको मुहान नजिकै पहीरोले पाईप वगाएपछी मर्मत गर्न नसक्दा स्थानीय पानीको अभावमा काकाकुल बनेका छन् ।

Read more: काकाकुल नाकावासी

पानी अधिकार मौलिक हकमा राख्ने सहमति

काठमाडौं, २ चैत ; खानेपानी तथा सरसफाइ अपरिहार्य मानव अधिकार भएको भन्दै सभासद्हरू त्यसलाई संविधानको मौलिक हकमा राख्न सहमत भएका छन् ।खानेपानी र सरसफाइको महत्व मनन सहित सरकारले सन् २०१७ सम्ममा सबै नेपालीलाई खानेपानी तथा सरसफाइ सुविधा पुर्याउने राष्ट्रिय लक्ष्यसमेत लिएको छ । पहिलो संविधानसभामा तयार नयाँ संविधानको मस्यौदामा मौलिक हकअन्तर्गत दफा २० को स्वास्थ्यसम्बन्धी हकको उपदफा (५) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने उल्लेख छ ।

Read more: पानी अधिकार मौलिक हकमा राख्ने सहमति

पानी र सरसफाइका लागि शिखर सम्मेलन

काठमाडौ, चैत्र ३ - खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी बिहीबारदेखि हुने दुईदिने राष्ट्रिय शिखर सम्मेलनले यस क्षेत्रको कानुन तथा नीति निर्माणमा जोड दिने भएको छ। 

Read more: पानी र सरसफाइका लागि शिखर सम्मेलन

Lawmakers pledge to ensure water‚ sanitation

  • WORLD WATER DAY

HIMALAYAN NEWS SERVICE

KATHMANDU: Stating that water and sanitation is a basic human right, lawmakers today pledged to ensure water and sanitation rights of the public.to mark ‘World Water Day 2015’, the National Campaign Coordination Team (NCCT), today organised an interaction in the capital where various Constituent Assembly members vowed to give importance to the issue of clean water and sanitation while drafting the constitution.

Read more: Lawmakers pledge to ensure water‚ sanitation

Page 71 of 85

Go to top