Rainwater

वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

काठमाडौँ, असार १३ गते । मनसुन सुरु भएसँगै पानीको अभाव टार्न त्यसको सञ्चय गर्ने अवसर पनि यति बेला नै हो भन्नेमा तपाईंले हेक्का पु¥याउनुभएको छ ? अनि घरको छानोबाट झर्ने पानी सङ्कलन गरी रिजर्भ ट्याङ्कीमा भर्ने बेला सुरु भएको छ । वर्षाको पानी सही तरिकाले सदुपयोग गर्न सक्ने हो भने घरका सबै काममा उपयोग गरेर पानीको सङ्कट टार्न सकिने अध्ययनबाट देखिएको छ । यस विषयमा स्थानीय तहले पनि व्यावहारिक नीति बनाउन थालेका छन् ।

Read more: वर्षाको पानीले चल्नसक्छ सहरी जीवन

आकाशेपानीबाट जमिन ‘रिचार्ज’ गरिँदै

काठमाडौँ — काठमाडौं महानगरपालिकाले आकाशेपानी संकलन गर्न सुरु गरेको छ । गोंगबु आवास क्षेत्रको डबलीमा आकाशेपानी संकलन गर्न खाडल बनाएर संकलन थालिएको हो । यसरी संकलन भएको पानी पाइपबाट २४ फिट गहिरो इनार (रिचार्ज वेल) मा खसालिन्छ ।

Read more: आकाशेपानीबाट जमिन ‘रिचार्ज’ गरिँदै

धाराबाट पानी आउँदैन? नो प्रोब्लम !

काठमाडौं, भदौ ७ : मेलम्चीको अन्त्यहीन प्रतीक्षामा बर्षौंदेखि काकाकुल काठमाडौंका अधिकांश बासिन्दा ट्याङ्कर र जारको पानी किनेर जीविका चलाइरहेका छन्।

Read more: धाराबाट पानी आउँदैन? नो प्रोब्लम !

पानी सङ्कट: काठमाण्डू उपत्यकावासीको तिर्खा मेट्ने यी हुन् तीन उपाय सुरेन्द्र फुयाल

निरन्तर जनसङ्ख्या वृद्धि खेपिरहेको काठमाण्डू उपत्यकामा पोहोरपरारजस्तै यो बर्खा याममा पनि पानीको अभाव छ।

सरकारी वितरण प्रणालीमा मनग्गे पानी उपलब्ध नहुँदा धेरै नगरवासीहरू घरमा प्रयोग गर्नको लागि ट्याङ्करको पानी र पिउनको लागि जारको पानी किन्न बाध्य छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ। तर नेपालको व्यथा अर्कै छ। पहाडदेखि तराईसम्म धेरै स्थानमा मानिसहरू पानीको अभाव झेल्न बाध्य छन्। हालै सार्वजनिक एउटा अन्तर्राष्ट्रय प्रतिवेदनअनुसार नेपालको खास गरी पश्चिमी भेगका गाउँ तथा सहरमा पिउने पानीको सङ्कट छ।

Read more: पानी सङ्कट: काठमाण्डू उपत्यकावासीको तिर्खा मेट्ने यी हुन् तीन उपाय सुरेन्द्र फुयाल

जमिनलाई दोहन मात्र होइन भरण पनि गरौं

बढ्दो शहरीकरणसँगै अत्याधुनिक भवनहरु निर्माण भएका छन् । त्यति मात्र होइन, भवन निर्माण गर्दा पानीको उचित व्यवस्थापन कसरी गर्ने भन्नेमा खासै गहिरो सोच र चिन्तन न भवन निर्माण गर्ने व्यक्तिमा हुन सक्यो । न त यसलाई कार्यान्वयन गर्ने निकाय स्थानीय तहलाई हुन सक्यो । जसका कारण विगत दश बर्षको अवधिमा काठमाण्डौमा उपत्यकामा घर निर्माण हुँदा अत्याधिक मात्रामा इनार खन्ने र कतिपय अवस्थामा डिप बोरिङ गर्ने गरिएको छ । जसका कारण जमिनबाट पानी निकाल्ने मात्र काम भएको छ । तर त्यो जमिनमा पानीलाई रिचार्ज गर्ने प्रणालीको विकास गर्न सकिएको छैन । किनकी हामीले निर्माण गरेका भौतिक संरचनाहरुले जमिनलाई टाल्ने मात्र काम भएको छ । प्राकृतिक रुपमा आकाशबाट परेका पानीलाई न त हामीले संचित गर्न सकेका छौं, न त यसलाई खुल्ला जमिनमा स्वतः भरण हुने व्यवस्था मिलाउन सकेका छौं ।

Read more: जमिनलाई दोहन मात्र होइन भरण पनि गरौं
  •  Start 
  •  Prev 
  •  1  2  3  4  5  6  7  8 
  •  Next 
  •  End 

Page 1 of 8

Go to top