Sanitation

यस्तो छ विश्वकै उत्कृष्टमध्येमा छनोट भएको स्वयम्भूको शौचालय

काठमाडौं कोटेश्वरकी कमला खड्का स्वयम्भू बुद्धपार्कस्थित शौचालय प्रयोग गरेर निस्किँदा अचम्मित थिइन्। सार्वजनिक शौचालय भनेपछि उनले ह्वास्स गन्ध आउने, बान्ता आउलाजस्तो हुने, जताततै पानी पोखिएर खुट्टा टेक्नै ठाउँ नै नभएको अव्यवस्थित हुने अनुमान लगाएकी थिइन्। तर यो शौचालय उनले सोचेको भन्दै भिन्नै थियो। ‘सार्वजनिक शौचालय भनेपछि एकदमै दुर्गन्धित, फोहोर होला, नाक थुन्नुपर्ला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘यो त एकदम राम्रो–सफा छ। भित्र बाहिर दुवै राम्रो छ। फोहोर गन्ध नै छैन।’ उनले भीडभाड बढी हुने उपत्यकाका विभिन्न स्थानमा यस्तै सफा सार्वजनिक शौचालय बनाउनुपर्ने सुझाव दिइन्।

Read more: यस्तो छ विश्वकै उत्कृष्टमध्येमा छनोट भएको स्वयम्भूको शौचालय

Accessible Public Restroom Opens At Patandhoka

By A Staff Reporter
Lalitpur, Dec. 1: A model universally accessible public toilet has come into operation at Patandhoka, Lalitpur.  The toilet has been specially designed to accommodate the needs of people with disabilities, senior citizens and gender and sexual minorities and also has sanitary pad vending and disposal machines along with breastfeeding areas and diaper changing station, according to AEROSAN, the social enterprise which set up the toilet.

Read more: Accessible Public Restroom Opens At Patandhoka

यस्तो छ संसारकै टप-५ मा परेको स्वयम्भूको सार्वजनिक शौचालय

मंगलबार, मंसिर ७, २०७८ : काठमाडौंको सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि हेर्नुभयो भने यो शौचालय देख्नुहुनेछ। नेदरल्यान्ड्सले आयोजना गरेको 'सरफाती सेनिटेसन च्यालेन्ज' मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप-५ मा पर्न सफल भएको हो। सन् २०२२ सेप्टेम्बरमा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ।

Read more: यस्तो छ संसारकै टप-५ मा परेको स्वयम्भूको सार्वजनिक शौचालय

राणा प्रधानमन्त्री जंगबहादुरलाई चोपलेको ठाउँमा सर्वसुलभ सार्वजनिक शौचालय

१५ मंसिर २०७८, बुधबार

काठमाडौ :ललितपुर महानगरपालिकाको पाटन ढोकामा सर्वसुलभ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । आर्किटेक्ट एसिया क्षेत्रीय परिषद (आर्केसिया), सोसाइटी अफ नेपाल आर्किटेक्ट (सोना) र एरोसानको आर्थिक सहयोग एवं ललितपुुर महानगरपालिकाको भूमि व्यवस्थापनमा बनेको सुलभ सार्वजनिक शौचालयको मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उदघाटन गर्नुभयो ।

Read more: राणा प्रधानमन्त्री जंगबहादुरलाई चोपलेको ठाउँमा सर्वसुलभ सार्वजनिक शौचालय

सरसफाइको पर्व सिथि नखः

नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ। सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ । नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि (यो वर्ष असार ५ गते) मा सिथि नखः मनाइन्छ । लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ । सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ । सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ ।

Read more: सरसफाइको पर्व सिथि नखः

Page 1 of 24

Go to top