काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ६४ वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भनेको छ । उपत्यकामा अहिले भएका शौचालयसमेत व्यवस्थित नभएको बेलामा महानगरपालिकाले नयाँ स्मार्ट शौचालय बनाउने बताएको हो । कतिपयले काठमाण्डौ जस्तो ठाउँमा यति धेरैको सङ्ख्यामा शौचालय बनाउनु चुनौतीपूर्ण हुने बताएका छन् । यस्तै स्मार्ट शौचालय निर्माणको लागि आवश्यक जग्गा, पानीलगायतको अभावको समस्या पनि उपत्यकामा छन् । तर महानगरपालिकाले भने चाहने हो भने बनाउन सकिन्छ भन्दै आएको छ ।
Read more...
काठमाडौँ जस्तो पानीको समस्या व्यहोरिरहेको सहरहरुको लागी वर्षायाम एक वरदान हुनसक्छ । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सहि उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ । यसैकारण आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहन गर्ने लक्ष्यले गुथि र ह्यान्डमेड वाटरले संयुक्तरुपमा आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र आयोजना गर्न गइरहेको छ । यस कार्यक्रममा भाग लिनका लागि तलको फारम भरिदिनुहोला । जूम लिंक मार्फत रेजिष्टर गरेपछि, तपाईले वेबिनारमा सामेल हुने लिंक ईमेलमा प्राप्त गर्नुहुनेछ।
मिति: असार २७ गते, शनिबार
समय: ४:०० देखी ५:०० बजे सम्म
Monsoon Season can be a blessing for water-stressed cities where access to clean affordable water is difficult to come by. Rainwater harvesting provides a natural source of water for all. With the aim of encouraging rainwater harvesting this monsoon, GUTHI in collaboration with Handmade Water is organizing a Question and Answer session on Rainwater Harvesting and Recharge. To join the webinar, please fill the following registration form. After registering through the Zoom link, you will receive a confirmation email containing information about joining the webinar.:
Date: 11th July 2020, Saturday
Time: 4:00 - 5:00 PM
ZOOM Link:
https://nren.zoom.us/web…/register/WN_oFIK4eqPS-Ct6WvKMG7rCw